रोटरी क्लब अफ भैरहवा को चौथो क्लब एसेम्बली तथा डिजी भिजिट सम्पन्न

रोटरी क्लब अफ भैरहवा को चौथो क्लब एसेम्बली तथा डिजी भिजिट सम्पन्न

भैरहवा

रोटरी क्लब अफ भैरहवा को चौथो क्लब एसेम्बली तथा डिष्ट्रिक गभर्नर भिजिट सम्पन्न भएको छ ।क्लब का अध्यक्ष शिवहरी शर्मा को अध्यक्षता तथा रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल भुटान का डिष्ट्रिक गभर्नर राजिव पोखरेल को प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रम मा डिष्ट्रिक गभर्नर पोखरेल ले स्थापना भएको छोटो समय यस क्लब ले रोटरीको लक्ष्य अनुसार सामाजिक गतिविधि संगै विभिन्न कार्यक्रम गरेर अन्य क्लब भन्दा फरक र नमुना काम गरेको बताउनु भयो ।क्लब का डाइरेक्टरहरु को प्रतिवेदन प्रस्तुति पछि सुझाव दिदै डिष्ट्रिक गभर्नर पोखरेल ले सबै सदस्यहरुको सक्रिय सहभागिता बढाउने गरी रणनीतिक योजना बनाएर अघि बढ्न सुझाव दिनु भयो ।गभर्नर पोखरेल ले क्लबले समाज मा प्रत्यक्ष असर पुर्याउने गरी ग्लोबल ग्रान्ड प्र्रोजेक्ट को सुरुवात गर्न आग्रह गर्नु भएको छ । ग्लोबल ग्रान्ड प्रोजेक्ट का लागी बजेट र सहयोगी सस्था मा आफु ले पुर्ण सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भयो ।

गर्भनर पोखरेल ले आगामी दिनमा सामाजिक उत्तरदायित्व बहन गर्दै समाज मा अझै उदाहरणीय कार्य गर्न सुझाव दिनु भयो ।बैठक मा क्लबका कमिटी चेयर तथा सदस्य ले आ–आफ्नो कमिटीको रिपोर्ट प्रस्तुत गर्नु भएको थियो ।

जसमा एडमिनिष्ट्रेशन कमिटी को कुन्दन बज्राचार्य, , मेम्बरसिप कमिटी को राजु न्यौपाने , पब्लिक इमेज कमिटीको अरुण आचार्य,सर्भिस प्रोजेक्ट कमिटीको राम प्रसाद पन्थी र द रोटरी फाउण्डेशन कमिटी को सन्तोष शुक्ला ले आ–आफ्नो कमिटी को कार्ययोजना प्रस्तुत गर्नु भएको थियो ।

बैठक मा हालै सम्पन्न भएको सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देही को ६२ औं वार्षिक साधारण सभा तथा अधिवेशन बाट कार्यसमिति सदस्यमा निर्वाचित क्लबका सदस्य समेत रहनु भएका अभिनव मयुर कसौधन लाई सम्मान गरिएको थियो ।

बैठकमा रोटरी डिष्ट्रिक ३२९२ रिजन ५ जोन २० का एजी धुर्व कुमार धिताल, जोन २१ का एजी हरि प्रसाद पौडेल, जोन १८ का एजी तथा रोटरी क्लब अफ भैरहवा का सस्थापक अध्यक्ष राज कुमार गुप्ता, रोट्रयाक्ट क्लब अफ भैरहवा की अध्यक्ष सरिता राना,तथा क्लबका पूर्व अध्यक्षहरु पदाधिकारी तथा सदस्यहरु को उपस्थिति रहेको थियो ।
क्लबका अध्यक्ष शिव हरि शर्मा ले रोटरीको मर्म र डिष्ट्रिक गभर्नर को निर्देशन अनुसार अघि बढ्ने प्रतिबद्धता जनाउनु भएको छ ।

बैठक प्रेसिडेन्ट इलेक्ट चक्रराज आचार्य को स्वागत ,क्लब का पुर्व अध्यक्ष संजिव शर्मा रेग्मीको धन्यवाद तथा क्लब का सचिव कमल कोइरालाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

प्रकाशित मिति : शनिबार, फाल्गुन २९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij