नेपाली कांग्रेसका नेता अशोक कोइरालाको निधन भएको छ। नेपाली कांग्रेस मोरङका पूर्वसभापतिसमेत रहेका ७७ वर्षीय कोइरालाको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा निधन भएको हो। उनी संविधानसभा सदस्य एवं राष्ट्रिसभाका पूर्वउपाध्यक्ष पनि हुन्। नेपाली कांग्रेस महासमिति सदस्य रहेका कोइराला २०४८ सालको स्थानीय निर्वाचनबाट विराटनगर उपमहानगरको पहिलो मेयरमा विजयी बनेका थिए।
कोइरालाकलाई श्रद्धान्जली दिन कांग्रेस सभापति देउवा विराटनगर जाँदै छन्। उनको आजै श्रद्धाञ्जलीपछि विराटनगरमा शव यात्रा पनि गरिने छ। त्यसपछि बिहीबार बिहान कोइरालाको अन्त्येष्टि हुने छ। कोइरालाका श्रीमती, एक छोरा र एक छोरी छन्।
प्रकाशित मिति : बिहिबार, चैत्र ५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्