बुटवल-सार्बजनिक लेखा समिति सभापति भरत कुमार शाहले नेपाली कांग्रेस मोरङका पूर्व जिल्ला सभापति, संविधान सभा सदस्य माननीय अशोक कोइरालाको गए राति उपचारको क्रममा भएको असामयिक दुःखद निधनले स्तब्ध बनाएको सभापति शाहले बताएका छन । वि.स. २००४ साल विराटनगरमा जन्मनु भएका स्व। कोइरालाले नेपालमा भएका हरेक लोकतान्त्रिक आदोलनहरुमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । प्रजातन्त्र एवं लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनहरुमा सक्रिय रहँदा करिब १ वर्ष भूमिगत र ७ वर्ष बन्दीजीवन व्यतित गरेका थिए । स्व. कोइराला २०४९ सालमा विराटनगर नगरपालिकाको मेयर पदमा र २०५८ सालमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनु भएको थियो । त्यसैगरी २०६२।६३ साल पछि पुनस्र्थापित संसदको सदस्य र २०७० सालमा संविधान सभा सदस्य भएका थिए। पार्टी संगठन, विस्तार र सुदृढिकरणमा सदैव सक्रिय रहँदै आएका नेता कोइरालाको निधनले नेपाली कांग्रेसलाई अपुरणीय क्षति पुगेको छ । उनले नेपालको लोकतान्त्रिक आन्दोलन र नेपाली कांग्रेस पार्टीलाई दिएको अतुलनीय योगदान हामी सबैका लागि अनुकरणीय र स्मरणीय रही रहनेछ । नेता कोइरालाको निधन प्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दै र्आत्माको चिरशान्तिको कामनाका साथै उनि प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । दुःखको यस घडीमा शोक सन्तप्त परिवार तथा आफन्तजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।
प्रकाशित मिति : बिहिबार, चैत्र ५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्