तिलोत्तमा
रुपन्देहीको तिलोत्तमा नगरपालिका७ स्थित प्रभात आधारभुत बिद्यालय भलवारीको नवनिर्मित ४ कोठे भवन शिलान्यास भएको छ। तिलोत्तमा नगरपालिकाका नगर उपप्रमुख जागेस्वरी देवी चौधरीले सो बिद्यालयको बिधिबत् शिलान्यासगरेकी हुनर्शिलान्यास कार्यक्रममा जिसस कि जमुना लम्साल ,नगर प्रबक्ता सुरेन्द्र श्री , वार्ड नम्बर ७ का सदस्य देबिलाल पंगेनी, बिद्यालयका शिक्षक, अभिभावक र बुद्धिजिबी र शुभचिन्तक, विद्यार्थी, बिद्यालय ब्यबस्थापन समिति पदाधिकारी ,सल्लाहकार समाजसेवी लगायतको सहभागीता रहेको थियो।
करिब ३७ लाखमा निर्माण हुन लागेको सो भवन गुणस्तरीय र तोकिएको समयमा बनाउनुपर्ने भन्दै प्रमुख अथिती जागेस्वोरी देवी चौधरीले सामुदायिक बिद्यालयको भौतिक संरचना र गुणस्तरीय शिक्षामा ध्यान केन्द्रित गरेको बताइन उनले यस क्षेत्रको शैक्षिक बिकाशमा ध्यान पुर्याउन सधै प्रतिबद्ध रहेको भनाई राख्ीन । सो बिद्यालयको तर्फबाट हेमराज पौडेलले गतिविधिको बारेमा भनाई राखेका थिए। बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष ठाकुर प्रसाद पंगेनीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
प्रकाशित मिति : शनिबार, चैत्र ७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्