बुटवल
अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर १ अन्तर्गत ठूलाखर्क स्थायी घर भई रुपन्देही, नवलपरासी र कपिलवस्तुमा बसोबास गरिरहेकाहरुले ठूलाखर्क सेवा समाज गठन गरेका छन् ।
तिलोत्तमाको शंकरनगथर वनवाटिकामा आयोजित बृहत भेलाले सामाजिक कार्य गर्ने उद्देश्यले ठूलाखर्क सेवा समाजको गठन गरेको हो । टामलाल ज्ञवालीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमितिको चयन गरिएको छ । समाजको उपाध्यक्षमा घनश्याम ज्ञवाली, सचिवमा किशोर ज्ञवाली, सहसचिवमा शोभा ज्ञवाली र कोषाध्यक्षमा लक्ष्मण ज्ञवाली चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा शान्ता ज्ञवाली, सावित्री घिमिरे ज्ञवाली, अशोक ज्ञवाली, कमल ज्ञवाली, सुमन ज्ञवाली, रेवती ज्ञवाली, शिव खनाल, गिरिराज ज्ञवाली, लोकराज ज्ञवाली र भतर ज्ञवाली रहेका छन् । हरिप्रसादहेमनाथ ज्ञवाली तथा दिपक ज्ञवाली सदस्य रहेको निर्वाचन मण्डलले कार्यसमितिको घोषणा गरेको थियो ।
विभिन्न पेशा व्यवसाय गरी बसोवास गर्दै आएका बासिन्दाले समाज गठन गरेका हुन् । समाजले सामाजिक क्रियाकलाप गर्नुका साथै ठूलाखर्कबासीको सेवामा विभिन्न काम गर्नेछ । “गाउँघरका अधिकांश युवाहरु शहरंमा छन्”– समाजका अध्यक्ष टामलाल ज्ञवालीले भने, “समाजको गठन गरेर सामाजिक काम गर्ने र आपसी भाइचार एवं भातृत्वको विकास गर्ने हाम्रो उद्देश्य हो ।”
यसअघि भेलालाई संबोधन गर्दै ठूलाखर्कका ज्येष्ठ नागरिक नारायणप्रसाद ज्ञवालीले समाजले गर्ने हरेक कामको सफलताको शुभकामना दिए । त्यस्तै वरिष्ठ पत्रकार अर्जुन ज्ञवालीले रचनात्मक काममा समाजले आफूलाई समर्पित गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा लेखनाथ ज्ञवाली, मोहन ज्ञवाली, धर्मराज ज्ञवाली, किशोर ज्ञवाली, शोभा ज्ञवाली, घनश्याम ज्ञवाली, किशोर ज्ञवाली, पत्रकार लक्ष्मण पौडेल, दिपक ज्ञवालीलगायतले समाज गठन हुनु सकारात्मक काम भएको उल्लेख गर्दै यसको दीगोपनाका लागि सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए । भेलामा करिव तीनसयजनाको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति : शनिबार, चैत्र २१ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्