बाँकेमा भीषण आगलागी, १ सयभन्दा बढी घर जलेर नष्ट

बाँकेमा भीषण आगलागी, १ सयभन्दा बढी घर जलेर नष्ट

दाङ :  बाँके आगलागीबाट एक सयभन्दा बढी घर जलेर नष्ट भएका छन्।

बाँकेको नरैनापुर गाउँपालिका ४ खोदना बस्तीमा भ‍ीषण आगलागी भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए।

शनिबार दिउँसो करिब ३ बजेतिर बस्तीमा एक्कासि आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। फुसले छाएका घर टहरा सबै जलेर नष्ट भएको बताइएको छ।

आगोलाई नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, ५ वटा दमकलको अथक प्रयासबाट नियन्त्रण प्रजिअ कुरुम्बाङले जानकारी दिए। साथै घटनामा ३ जना घाइते भएका उनले जानकारी दिएका छन्।

अहिले पीडितहरुलाई राहत र पुनर्स्थापनाका लागि घटनास्थलमा लागि रहेका समेत उनको भनाइ छ। उनका अनुसार, आगलागीको यकिन कारण खुल्न सकेको छैन। नरैनापुर ६, दोन्द्रागाउँमा गत मंगलबार आगलागी हुँदा घर जलेर नष्ट भएका थिए। त्यसअघि फागुन २४ गते पनि नरैनापुर–१ को सुइया गाउँमा आगलागीमा २२ घर गोठ जलेर नष्ट भएका थिए।

प्रकाशित मिति : शनिबार, चैत्र २१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij