पश्चिम नवलपरासीमा एक लाख पाच हजार मूल्य बराबरको अवैध मालसामान  बरामद 

पश्चिम नवलपरासीमा एक लाख पाच हजार मूल्य बराबरको अवैध मालसामान  बरामद 

नवलपरासी
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले भारतबाट अवैध रुपमा ल्याउदै गरेको करिब एक लाख पाच हजार नौ सय रुपैया मुल्य बराबरको अवैध मालसामान बरामद गरेको छ । बिहीबार सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले पाल्हीनन्दन गाउँपालिका वडा नम्बर एक रमपुरवाबाट कुलिंग वाटर दश पिस, कब्जा एक हजार आठ सय पिस, डोल्ची २४ पिस र नटबोल्ट नौ किलो बरामद गरेको हो । उक्त हार्डवयरको सामान ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि सोही स्थानमा छाडी मानिस  मोटरसाईकल सहित भागेको प्रहरीले जनाएको छ । बरामद भएका सम्पुर्ण सामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति : शुक्रबार, चैत्र २७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij