रुपन्देही
रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा न.३ मा रहेको यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पस को छैठो अधिवेशनबाट नवनिर्वाचित संचालक समिती र लेखा समितीका पदाधिकारीको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ।
नवनिर्वाचित सञ्चालक समिति र लेखासमितीका २१ जना पदाधिकारीलाई निर्वाचन अधिकृत भिमप्रसाद सापकोटाले पदस्थापन तथा सपथ ग्रहण गराए।
क्याम्पसको शनिबार सम्पन्न निर्वाचनमा अध्यक्ष रमेश खनाल , उपाध्यक्ष नवलराज शर्मा भट्टराई कोषाध्यक्ष रोमाकान्त अधिकारी सदस्यहरु केशब प्रसाद अधिकारी ,अर्जुन कुमार थापा क्षेत्री , धनराज कडेँल डि आर , पल्टन थारु, बाबुराम खरेल, नन्द बहादुर क्षेत्री , राम प्रसाद पाण्डेय , बिजय बिक्रम टण्डन , भक्ती सापकोटा ,पोषराज खनाल महेश, क्या प्रेम बहादुर थापा, प्रेम नारायण शर्मा खनाल, नीर बहादुर राना मगर , ऋषिराम पाठक त्यसैगरी महिला सदस्यमा शोभा कुमारी आले लेखा समिति संयोजकमा खुमलाल पौडेल लेखा सदस्यहरु बल बहादुर नेपाली र टोल प्रसाद राना मगर विजय भएका थिए ।
कार्यक्रममा बोल्दै पुर्वरक्षामन्त्री तथा प्रतिनिधि सभा सदस्य बालकृष्ण खाणले नवनिर्वाचित कार्यसमिति तथा पदाधिकारीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आफ्नो तर्फबाट क्याम्पसको विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।उनले क्याम्पसमा युवाले नेतृत्व पाएको भन्दै खुशी व्यक्त गरे ।
नवनिर्वाचित सञ्चालक समिति अध्यक्ष रमेश खनालले क्याम्पसको शैक्षिक गुणस्तर र भौतिक पुर्वाधार विकासका लागी आफ्नो कार्यकालमा तिर्व गतिमा काम गर्ने जिकिर गरे ।उहाले आफ्नो कार्यकालमा कसैलाई राजनीतिक विभेद नगरिने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा संविधान सभा सदस्य सोनिया यादव,प्रदेश सभा सदस्य पुष्पा चौधरी, निवर्तमान क्याम्पस अध्यक्ष मणिप्रसाद खनाल,पब्लिक प्राध्यापक संघका सभापति लक्ष्मी आचार्य, क्याम्पस प्रमुख टंक पौडेल, उपाध्यक्ष पदमा पराजित ओम प्रकाश ठाकुर लगायतले नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए।
प्रकाशित मिति : शनिबार, चैत्र २८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्