रुपन्देही
रुपन्देहीको ओमसतिया गाउपालीका स्थित सत्यवती आमा समुहले समुहका सदस्यहरुको क्षमता अभिबृद्धि गर्न उद्घोषण तालिम सचालन गरेको छ । समुहले ओमसतिया गाउपालीका हाटीफर्साटिकरको सहयोगमा तालीमको आयोजना गरेको हो ।
आइतबार तीन दिन सम्म चल्ने उद्घोषण तथा व्यक्तित्व बिकास सम्बन्धि तालीमको आज एक कार्यक्रमका बीच गाउपालीका प्रमुख हिरा केवट राहुल ले उद्घााटन गरेका थिए । सो अवसरमा बोल्दै गाउपालीका प्रमुख केवटले समुहमा रहेका सदस्यहरुलाई तालिम फलदायी हुने विश्वास लिएको बताए ।
समुहकी अध्यक्ष उमा देवी भट्टराइको अध्यक्षतामा भएको तालिमको उद्घाटन सत्रमा ओमसतिया गाउ पालीकाका जनप्रतिनिधी चुमकला बस्याल, वडा सचिव इश्वरी गौतम लगायतले बोलेका थिए । प्रदिप घिमिरेको उद्घाटनमा भएको तालिमको उद्धेश्यमाथी समुहकी कोषाध्यक्ष हरिकला घिमिरेले प्रष्ट पारेका थिइन । तालिमको पहिलो दिन आज संचारकर्मि द्धय बिकास गौतम र सरु रानाले प्रशिक्षण दिएका थिए। तालिममका समुहका ५० जना भन्दा बढी महिलाको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : शुक्रबार, बैशाख ३ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्