रुपन्देहीमा तत्काल विद्यालय बन्द नगर्ने डिसीसीएमसीको निर्णय

रुपन्देहीमा तत्काल विद्यालय बन्द नगर्ने डिसीसीएमसीको निर्णय

रुपन्देही.

रुपन्देहीमा स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गरेर विद्यालय संचालन गर्न सकिने भएको छ। जिल्ला स्तरिय कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (डिसीसीएमसी) रुपन्देहीको शनिाबार दिउसो बसेको बैठकमा जिल्लाका स्थित सम्पूर्ण स्थानिय तहहरुले आ–आफ्नो पालिका अन्तरगतका सबै विद्यालयहरुले स्वास्थ्य मापदण्डहरुको पूर्ण रुपमा पालना हुने गरी विद्यालय संचालन गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ ।

बैठकले कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि हाल सम्म भएको कार्यहरुको समिक्षा गर्दै बेलहिया नाका हुदै आउने नागरिकलाई सिमामा स्थापित होल्डिङ सेन्टरमा स्वास्थ्य जाच गरी संकास्पद व्यक्तिको अनिवार्य एन्टिजेन परिक्षण गरी पोजिटिभ देखिएकालाई सम्बन्धित अस्पताल वा आइशोलेशन सेन्टर पठाउने निर्णय गरेको छ। जिल्ला भित्र पालिका र बाहिरी भए जिल्लामा पठाउने व्यवस्था मिलाउने निर्णय भएको छ ।

त्यस्तै लुम्बिनी प्रादेशिक अस्पताल र भिम अस्पतालको क्षमता बृद्धि गर्न नेपाल सरकार र लुम्बिनी प्रदेश सरकारलाई अनुरोध गर्ने, कोभिड अस्पतालमा थप भेन्टिलेटर, अक्सिजन, लगायतका सामाग्रीको व्यवस्था गर्न लुम्बिनी प्रदेश सरकारसँग बजेट उपलब्धका लागि अनुरोध गर्ने निर्णय भएको छ।
डिसीसीएमसीका संयोजक तथा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको बैठकमा रुपन्देहीका स्थानिय तहका प्रतिनिधी, सुरक्षा निकायका प्रमुख, स्वास्थ्य कार्यालय, संघ संस्थाका प्रतिनिधिहरुको सहभागीता थियो।

त्यसै गरी जिल्लामा ३०० बेडको आइशोलेशन सेन्टर स्थापनाका लागि बजेट उपलब्ध गराउन प्रदेश र केन्द्र सरकारसँग अनुरोध गर्ने, ९ बजे सम्म मात्र सबै प्रकारका व्यवसाय संचालन गर्ने, सबै पालिकाहरुले आफनो पालिका भित्रका नागरिकको व्यवस्थापनका लागि क्वारेन्टाईन र आईसोलेसन केन्द्र तत्काल तयार गर्ने लगायतको निर्णय भएको डिसीसीएमसीका संयोजक एवम रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए।

यसअघिका बैडकले भिडभाड गरि गरिने मेला, महोत्सव, भेलाहरु रोक्ने, हाल सञ्चालनमा रहेका हाटबजार, बिद्यालय लयागतका क्षेत्रहरुमा प्रभाव नपर्ने गरि अन्य सभा सम्मेलन र भिडभाड युक्त कार्यक्रम नगर्न सबैमा अनुरोध गरेको थियो ।

प्रकाशित मिति : शनिबार, बैशाख ४ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij