बुटवल- बुटवल कोरोना विशेष अस्पतालमा उपचाररत दुईजना कोरोना संक्रमितको आज बिहानै मृत्यु भएको छ।
कोभिड पोजिटिभ भई भर्ना भएका नवलपरासीकी ४५ वर्षीया महिलाको बिहान ४ बजे र रुपन्देहीका ५५ वर्षीय पुरुषको बिहान पौने ६ बजे मृत्यु भएको हो।
लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमका अनुसार रामग्रामकी महिला कोरोना पुष्टि भएपछि शुक्रबार अस्पताल भर्ना भएकी थिइन्। रुपन्देहीका पुरुष १६ गते अस्पताल भर्ना भएका थिए।
दुवैमा श्वासप्रश्वासमा समस्या देखिएको थियो। योसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९२ पुगेको छ।
प्रकाशित मिति : शनिबार, बैशाख १८ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्