काठमाडौं -गृहमन्त्रीसमेत रहेका एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ले सत्तारुढ दल एमालेबाट राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । बादल शुक्रवार नै होलिकोप्टरमार्फत हेटौंडा पुगेर आगामी जेठ ६ गते हुने राष्ट्रिय सभा उपनिर्वाचनको लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल बादलको प्रस्तावक बनेका छन् भने सामाजिक विकासमन्त्री सरस्वती बस्नेत समर्थक बनेकी छन् । बागमती प्रदेशबाट ०७४ फागुनमा भएको राष्ट्रिय सभा निर्वाचनमा तत्कालीन माओवादी केन्द्रको उम्मेदवार बनेर एमालेको समर्थनमा जितेका बादल सर्वोच्चको फैसलापछि पुनःस्थापित एमालेमा प्रवेश गरेका थिए ।
बादलविरुद्ध विपक्षी एमालेकै खिमलाल देवकोटाले चुनाव लड्दैछन् । देवकोटा कांग्रेस, माओवादी भट्टराई–यादव पक्षीय जसपा र विपक्षी एमालेको तर्फबाट उम्मेदवार बनेका हुन् ।
प्रकाशित मिति : शुक्रबार, बैशाख २४ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्