एनआरएनए अफ्रिकाबाट नेपालमा अक्सिजन आपूर्तिका लागि १२ लाख सहयोग

एनआरएनए अफ्रिकाबाट नेपालमा अक्सिजन आपूर्तिका लागि १२ लाख सहयोग

बुटवल -कोरोना संक्रमणले मार्तुभुमीको स्थिति झनझन बिग्रदो अबस्थामा गए पछि अक्सिजन समेत नपाएर बिरामी मृत्यु भइरहेको दुःखद स्थितिमा सहयोग पुरयाउन अफ्रिका स्थित एनआरएनएका राष्ट्रिय समन्वय समितीहरु बाट नेपालका १० जिल्लामा अक्सिजन आपूर्तिका लागि स्थानीय निकाय, संघसस्था सघं समन्वय गरि १२ लाख सहयोग पठाउने निर्णय गरेको छ ।
बिगत सधै झै स्वदेसलाई अप्ठ्यारो परेको बेला थोरै संख्यामा रहे पनि अफ्रिकाका नेपालीहरुले आफ्नो स्वदेश प्रति माया राखी सहयोग गर्दै आइरहेको र यो बिपतमा पनि साथ दिन लागेको अफ्रिका क्षेत्रीय संयोजक रोशन थापाले बताए । अफ्रिका क्षेत्रको बैठकले डीआरसी कङ्गोका अध्यक्ष अमृत क्षेत्रीको संयोजकत्वमा डीआरसी कङ्गो,घाना ,मोजाम्बिके एनसीसीहरु र कृष्ण डुम्रे आइभोरी कोस्टको सहयोगमा पाल्पा ,गुल्मी ,नवलपुर ,नवलपरासी र स्याङ्जामा ३ लाख ५०हजार बराबरको ५ सय ५० सिलिन्डर रिफिल गरि बुटवलबाट लायन्स क्लब अफ बुटवल स्टारका सस्थापक अध्यक्ष संदीप कशौधनको समन्यमा सहयोगमा पठाउने सेसेल्स अध्यक्ष रामप्रसाद पन्तको संयोजकत्वमा सेसेल्स र केन्या एनसीसीले चितवनमा करिव २ लाखको तत्काल आबश्यक स्वास्थ्य सहयोग गर्ने युगान्डा अध्यक्ष बिनोद थापाको संयोजकत्वमा बारा पर्सा लगाएत २न म्बर प्रदेशमा युगान्डा ,बोत्स्वाना र दक्षिण अफ्रिका एनसीसीको सहयोगमा ३ लाख बराबरको अक्सिजन आपूर्तिमा सहयोग पुर्याउने र अन्तर्राष्ट्रिय समितीकि महिला उप संयोजक मन थापाको संयोजकत्वमा सुदुर पश्चिम प्रदेशमा ३ लाख बराबरको अक्सिजन आपूर्तिमा सहयोग पुर्याउन नाइजेरिया ,जाम्बिया र तान्जानिया राष्ट्रिय समन्वय समितिले तत्काल सहयोग गर्ने निर्णय गरेको छ । क्षेत्रीय संयोजक थापाले थप सहयोग उठाउदै जाने र आबश्यकता अनुसार अन्य जिल्लाहरुमा सहयोग गर्दै जाने बताए । सोमबार सम्पन्न संघको क्षेत्रीय बैठकमा मोजाम्बिके अध्यक्ष देबी पौडेल , कङ्गो अध्यक्ष अमृत क्षेत्री,केन्या अध्यक्ष सुरज डुम्रे,तान्जानिया अध्यक्ष पुष्प राज भट्टराई , सेसेल्स अध्यक्ष रामप्रसाद पन्त र युगान्डा अध्यक्ष बिनोद थापा लगाएतको उपस्थिति रहेको कङ्गो अध्यक्ष अमृत क्षेत्रीले बताए । बैठकमा संघका अन्तर्राष्ट्रिय समितिका पुर्व कोषाध्यक्ष हिक्मत थापाले मुलुक अप्ठ्यारोमा परेको बेला अफ्रिकाका एनआरएन साथीहरूले उदार दिलले सहयोग गरेकोमा प्रशंसा गरे र यो संकटमा पनि सधै झै योगदान पुर्याउनेमा आफू बिश्वस्त रहेको बताए ।

 

प्रकाशित मिति : सोमबार, बैशाख २७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij