काठमाडौं – नेपालमा सोमबार थप ९ हजार दुई सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १७ हजार ६ सय २३ पीसीआर परीक्षण र ७८८ एन्टीजेन परीक्षणका क्रममा थप ९ हजार दुई सय ७१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै कोरोनाका कारण थप १३९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन हजार ८ सय ५९ पुगेको छ ।
त्यस्तै थप चार हजार ७ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म तीन लाख ६ हजार सात सय ९४ जना संक्रमणमुक्त भएका छन् ।
हाल नेपालमा ९३ हजार १ सय ४१ सक्रिय संक्रमित आइशोलेशनमा र ४२७ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा २६ लाख ५२ हजार १३० वटा पिसिआर परिक्षण गरिएको छ ।
प्रकाशित मिति : सोमबार, बैशाख २७ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्