अक्सिजन वितरणको जिम्मा अब स्वास्थ्य मन्त्रालयको

अक्सिजन वितरणको जिम्मा अब स्वास्थ्य मन्त्रालयको

, काठमाडौं । अस्पतालमा मेडिकल प्रयोजनको अक्सिजन वितरण अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत हुने भएको छ ।

यसअघि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० ले अस्पताल अनुसार कोटा तोकेर अक्सिजन वितरण गर्दै आएको थियो ।

तर माग र बिरामीको संख्याका आधारमा अक्सिजन नपाएको भन्दै धेरै निजी अस्पतालले बिरामी भर्ना बन्द गरेका थिए । कतिपय अस्पतालले अक्सिजन सकिएको भन्दै उपचाररत बिरामी नै जबर्जस्ती डिस्चार्ज गरेका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले अक्सिजन वितरणको व्यवस्था मन्त्रालयले गर्ने बताए । बिरामी संख्याका आधारमा अक्सिजन सहज बनाउन कोटा तोक्नैपर्ने भन्दै उनले यो काम अब मन्त्रालयले गर्ने बताए ।

मन्त्रालयले अक्सिजनको आकस्मिक व्यवस्थापनका लागि उच्चस्तरीय टोली नै बनाएको छ । प्रवक्ता डा। गौतमले अस्पतालमा बिरामीको संख्या, आईसीयू, भेन्टिलेटर, एचडीयू बेडका आधारमा अक्सिजन वितरण गरिने बताए । ‘सीसीएमसीका मान्छेलाई आइडिया भएन, त्यसैले अक्सिजन व्यवस्थापन हामी नै गर्छौं’ उनले भने ।

अब अस्पतालहरुले बिरामीको संख्या स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दिनुपर्ने र त्यही संख्याको आधारमा अक्सिजन उपलब्ध गराइने प्रवक्ता डा। गौतमले बताए । ‘जहाँ धेरै बिरामी छ, त्यो अस्पतालले धेरै पाउँछ, कम बिरामी हुनेले कम पाउँछ’ उनले भने ।

मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाइका प्रमुख डा.समीरकुमार अधिकारीले शुक्रबार विज्ञप्ति जारी गरी अस्पतालहरुले विगतमा लिने उद्योगबाटै अक्सिजन पाउने व्यवस्था मिलाउने बताएका छन् ।

प्रकाशित मिति : शुक्रबार, बैशाख ३१ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij