भूकम्पले लमजुङमा घर भत्किए, केही घाइते

भूकम्पले लमजुङमा घर भत्किए, केही घाइते

काठमाडौं ।
लमजुङ केन्द्रबिन्दु भएर आज बिहान गएको भूकम्पले घर भत्किँदा केही मानिस घाइते भएका छन् ।

प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलका अनुसार भुलभुलेकी ८५ वर्षीया वृद्धा घाइते छिन् । घरको गारो भत्किँदा उनी घाइते भएको र उपचार भइरहेको उनले बताए ।

लमजुङको भुलभुले केन्द्र रहेर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

भूकम्पको धक्का गोरखा, तनहुँ, धादिङ, काठमाडौं, कास्कीलगायत जिल्लाका बासिन्दाले महसुश गरेका थिए ।

भूकम्पले कच्ची घरहरूमा क्षति पुगेका विवरणहरू आइरहेका छन्। केही स्थानमा सुख्खा पहिरो पनि गएको छ ।

भूकम्प गएपछि मानिसहरू घरबाहिर निस्केका थिए। घर बाहिर निस्कने क्रममा पनि केही मानिस घाइते छन् ।

प्रकाशित मिति : बुधबार, जेष्ठ ५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij