काठमाडौँ ।
देशभर बिहीबार सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको गुजरातबाट उतर पश्चिमतिर कमजोर हुँदै अगाडि बढेको चक्रवात ताउ–ते को प्रभावका कारण बदली तथा वर्षा भएको हुने देखिएको हो ।
अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । देशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।
बिहीबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।
उच्च हिमाली भू–भागका केही स्थानमा भारी हिमपात र वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
यस्तै राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ । उच्च हिमाली भू–भागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना छ।
प्रकाशित मिति : बिहिबार, जेष्ठ ६ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्