प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवि भण्डारीले असंवैधानिक कदम चालेको भन्दै नेपाली कांग्रेस पश्चिम नवलपरासीले आन्दोलनका लागि तयारी अवस्थामा रहन कार्यकर्ताहरुलाई निर्देशन गरेको छ । जिल्ला सभापति विष्णु प्रसाद पौडेलले आइतबार प्रेस विज्ञप्ती प्रकाशित गर्दै पछिल्लो पटक असंवैधानिक तरिकाले गरेको प्रतिनिधिसभा विघटनले मुलुकलाई थप जटिल अवस्थामा पुर्याएको भन्दै त्यसविरुद्ध हुने कानुनी र राजनीतिक लडाइको आन्दोलनमा तयारी रहन भातृ संगठन, शुभेच्छु संस्था र कार्यकर्तालाई निर्देशन गरिएको हो । विश्वासको मत गुमाई सकेका प्रधानमन्त्री ओलीको विकल्पमा संविधान तह बहुमत सांसदहरुले हस्ताक्षर गरी प्रधानमन्त्रीका लागि प्रस्ताव गरिएका कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरी संविधानको पालना गर्न पनि विज्ञप्तीमा राष्ट्रपति समक्ष आग्रह गरिएको छ ।
प्रकाशित मिति : आइतबार, जेष्ठ ९ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्