बुटवलमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

बुटवलमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

बुटवल। नेपाल विद्यार्थी संघ रुपन्देहीले प्रधानमन्त्री केपि शर्मा ओली र राष्ट्रपति विद्यादेवि भण्डारीको पुत्ला दहन गरेको छ। असंवैधानिक तबरबाट प्रतिनिधि सभा विघटन गरेको भन्दै नेपाल विद्यार्थी संघका नेता कार्यकर्ताले आइतबार साँझ राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन् ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले दोस्रो पटक संसद विघटन गरेको विरोधमा नेविसंघ रुपन्देहीले प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको जनाएको छ। नेविसंघ रुपन्देहीका पूर्वसभापति सन्तोष डिसीको नेतृत्वमा भएको कार्यक्रममा विद्यार्थी नेताहरू अशिम थापा, सन्दिप पाण्डे, हिमाल कार्की, रोशन थापा, सुरज आचार्य, आकाश सुबेदी लगायतको उपस्थिति रहेको थियो ।

नेविसंघले रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नयाँमिलमा विरोध कार्यक्रम गरेको हाे । नेविसंघले प्रतिगमनकारी तानाशाह प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि बलात्कार गरेको आरोप लगाएको छ। नयाँ सरकार बन्ने अवस्था हुँदाहुँदै संविधान मिचेर प्रतिनिधिसभा विघटन गरेको भन्दै संसद् विघटनको निर्णय नसच्याए थप आन्दोलन चर्काउने चेतावनी नेविसंघले दिएको छ ।

प्रकाशित मिति : आइतबार, जेष्ठ ९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij