काठमाडाैँ – सरकारले भर्खरै जारी गरेको कोभिड-१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ को प्रावधान नमान्नेलाई कडा कारबाही हुने भएको छ । आजदेखि निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्ति र सवारीसाधनलाई कारबाही गरिने भएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सो अध्यादेशविपरीत कुनै काम गर्न बाधा पुर्याउनेलाई एक वर्ष कैद र पाँच लाखसम्म जरिवाना हुने गरी सजाय हुने जनाएको छ । सोमबार सूचना जारी गर्दै प्रशासनले अध्यादेशको मापदण्ड पालना नगर्नेलाई ६ महिनासम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने जनाएको छ ।
मास्क नलगाई सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकैपिच्छे एक सय रुपैयाँ, अनावश्यक रुपमा आवतजावत गरेको पाइएमा पटकैपिच्छे दुई सय रुपैयाँ जरिवाना लाग्ने जनाइएको छ।

प्रकाशित मिति : मंगलबार, जेष्ठ ११ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्