लौन नी के दिन आयो यस्तो
बाँच्न नै गाह्रो भयो।
जगतनै अन्धकार भयो कस्तो,
सासनै महंगो भयो।
निश्पट्ट छ जताततै ,एकतमासले रोईरहेछ।
एकमुठी शासनी हे भगवन ,के बिध्न टाढा
भयो।
चोकचोक गल्ली सब सुनसान, छन्
रोगले गलेर ।
राज्य कहाँ चुक्योथाहा नपाइ
मर्दैछन् देशका खम्बा ढलेर ।
हारगुहार गरेर गर्जो टार्थे पहिले,
छैन त्यो सम्भब अब ।
यहाँ त जगतै निश्पट्ट छ ब्याधिले,
चाहार्दै छन् अस्पताल दौडेर ।
घरमा बस्ने वातावरण बनाऊँ,
के खाने औषधि मूलो
अस्पतालमा बेड अभाव हुने,
न त पाइने अक्सिजन
सेवा सुविधा चुनाव हैननी कठै, खोजेको
ओखती मूलो ।
जहान केटाकेटी सबै बिमार छन्,
छिमेकी पनि रोगी।
कालले ढोकामा ढुकेर बसेछ,
कोरोना नाम योगी ।
न त साधन सबारी न त जांच्ने बैध,
न त छ उपचार दबाइ।छुनहुन्न छोएसर्छ न त स्याहार्नु
त्यसैले त आज टाढा छ छिमेकी ।
एकथरी यो खा भन्छ अर्कोले ऊ,
थरिथरिका जिन्सी खा भन्छ
राज्यको प्रमुख हे भगवन,
टुक्का नयाँ “उखान “भन्छ ।
हाच्छिउँ साच्छिउं गरेर उडाइदेउ,
भन्दै बक्दै हिडे हिजो ।
त्यसैले त महामारीले आज यहाँ,
न दियो जिउन न मर्न।
सत्ता,कुर्ची, भ्रष्टाचार आज,
टिकाउनमै छ दौडधुप ।
उनको लहडमा प्रतिपक्ष ,
बैरो भयो कि अमूक।
न त देशको चिन्ता यीनलाई,
न त प्रजा जनता ।
यीनै लाशमा टेकेर शासन,
चलाउछन् सबलाई ह्विप ।
अरु केही सक्छौ त गर सरकार,
सक्दैनौं रमिते नहोउ ।
कुर्ची मोह छाडिदेऊ अब त अति भो,
जाउ न जनको छेउ ।
मल्हम लगाउन चोटमा दु:खमा,
दुई थोपा आशु त झार श्रद्धा का ।
घमण्ड र लालच छोडेर अबत
सहयोग गर यी नै हुन् मतदाता ।
प्रतिक्रिया दिनुहोस्