कञ्चन
रुपन्देहीको कञ्चन गाउपालिकामा आयोजना गरिएको बृहत रक्तदान कार्यक्रममा १ सय १ पोइन्ट रगत संकलन भएको छ।बिश्व वातावरण दिवसको अवसरमा कञ्चनमा क्रियाशिल बिभिन्न गैरसरकारी संस्थाहरुको आयोजना तथा सहजिकरणमा भएको रक्तदान कार्यक्रममा उक्त रगत संकलन भएको हो ।
बृहत रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले रगतको अभाव हुन नदिन कञ्चन गाउपालिकाबाट बिगतमा भइरहेको रक्तदान कार्यक्रम मानव सेवाको उच्चत्तम कार्य भएको बताएका छन। रक्तदान गर्ने हरेक ब्यक्तीले आफुलाई सेवाको उच्चत्तम कार्य तर्फ परिणत गर्न सफल भएको अध्यक्ष क्षेत्रीले उल्लेख गरे।
सुनगाभा सामुदायिक बिकास केन्द्र,कञ्चन४,रुपन्देहीको सहजिकरणमा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी,कञ्चन उपशाखा,कञ्चन जेसिज,लायन्स क्लव अफ कञ्चन,लायन्स क्लव अफ कञ्चन लेडी,नेपाल स्काउट कञ्चन,कञ्चन महिला उधमी कृषि सहकारी संस्था,लाली गुरांस युवा क्लव,रुद्रपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था,रिभरसाइड युवा क्लव लगायत सामाजिक संघसंस्थाहरुको आयोजना रहेको थियो भने रुद्रपुर युवा क्लव,कञ्चन ४को व्यबस्थापन गरेको थियो ।
नेपाल नियमित रक्तदाता संघ,रुपन्देही तथा रक्त संचार केन्द्र,बुटवलको प्राबिधिक सहयोगमा सम्पन्न कार्यक्रम रुद्रपुर माध्यमिक बिधालय,अंग्रेजी माध्यमको सभाहलमा संचालन भएको थियो ।
प्रकाशित मिति : शनिबार, जेष्ठ २२ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्