सैनामैना दलित उत्थान समिती द्धारा खाद्यान्न वितरण

सैनामैना दलित उत्थान समिती द्धारा खाद्यान्न वितरण

सैनामैना-सैनामैना दलित उत्थान समितीको पहलमा बढ्दो कोरोना संक्रमण रोकथामका लागि भएको निषेधाज्ञाका कारण आार्थिक अबस्था कमजोर भई दैनिक गुजारा टार्न मुस्किल भएका सैनामैना नगरपालिका भित्रका ११ वटै वडाका विपन्न वर्ग तथा दलित समुदायका ६४ घर परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।
गरिबीका कारण कोही भोकै बस्न नपरोस् ,कसैको चुलो निभ्न नदिनुका साथै पिडामा परेकाहरुलाई सहयोग गर्ने उद्देश्यले खाद्यान्न सहयोग गरेको हो । स्थानियहरुलाई दैनिकी गुर्जान सहयोग होस् भनेर सैनामैना दलित उत्थान समिती अन्तरगत गठन गरिएका वडाका पदाधिकारीहरुको सक्रियतामा विभिन्न व्यक्तिहरुसंग संकलन गरिएको खाद्यान्न तथा नगद बाट एक कार्यक्रमका बिच शुक्रवार र सनिवार गरि दुई चरणमा सहयोग प्रदान गरिएको संस्थाका महासचिब सन्तोष परियारले बताउनु भयो ।
सैनामैना दलित उत्थान समितीका अध्यक्ष सुरज बरालको नेतृत्वमा नगर तथा वडाका पदाधिकारीहरुको सहभागितामा सहयोग प्रदान गरिएको हो । जस अन्तर्गत चामल,दाल,नुन,तेल,आलु,प्याज लगाएतका गरि रु.८२ हजार बराबरको खाद्यान्न सामाग्री प्रदान गरिएको छ ।
सो खाद्यान्न राहात सामाग्री हस्तान्तरण गर्दै संस्थाका अध्यक्ष सुरज बरालले संस्थाले जातिय छुवाछुत,लैङ्गिक हिंशा विरुद्ध र दलित समुदायको शसक्तिकरणका क्षेत्रमा विभिन्न कार्यक्रम गदैै आईरहेको बताउनु भयो ।
कारोनाका कारण विश्व नै आक्रान्त बनिरहेको बेला नेपालमा पनि संक्रमितको संख्या बढ्दै जादा सरकारले गरेको निषेद्याज्ञाका कारण भोकमरीको समस्या आउन नदिनका साथै कसैकोे घरमा चुलो बाल्न नसकेर भोकै बस्न नपरोस् भनेर विभिन्न मनकारी व्यक्तिहरुको सानो सानो सहयोगबाट नै खाद्यान्न जुटाउन तथा वितरण गर्न सहज भएको बताउदै आगामि दिनमा पनि यस्तै सक्दो सहयोग गर्ने प्रतिबद्दता समेत गर्नुभयो । अध्यक्ष बरालले “नगर भित्र आर्थिक अबस्था कमजोर भएका दलित तथा विपन्न समुदायको संख्या धेरै भएकाले बास्तविक गरिबको पहिचान गरि तत्काल राहात उपलव्ध गराई भोकमरी समस्याबाट बचाउन स्थानीयसरकार संग माग समेत गर्नुभयो । स्थानिय सरकारले वास्तबिक गरिब तथा पिडितको पहिचान गर्न नसकेको कारण यस्ता समस्या आउने भएकाले समस्या समाधानका लागि आगामि बजेट दलित तथा लक्षित वर्ग मैत्री हुनुका साथै बजेट कार्यान्वयन गर्दा उत्पादनमुखी कार्यक्रम गरि लक्षित वर्गको आर्थिक स्तर उकास्ने तर्फ पहल गर्नु पर्ने भन्दै त्यसका लागि निर्वाचित जनप्रतिनिधीले समन्व्यकारी भुमिका खेल्नु पर्ने कुरामा जोड दिनु भयो ।”
कोरोना र निषेद्याज्ञाको अबस्था अनुशार आवश्यकता हेरीकन सहयोगको अभियान निरन्तर गर्ने संस्थाको योजना रहेको छ । कार्यक्रम संस्थाकी उपाध्यक्ष अम्बिका परियारको संमन्वयमा सम्पन्न भएको हो ।

 

 

प्रकाशित मिति : आइतबार, जेष्ठ ३० २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij