रुपन्देहीमा निषेधाज्ञाको स्वरुप परिवर्तन, एक साता थप गर्ने

रुपन्देहीमा निषेधाज्ञाको स्वरुप परिवर्तन, एक साता थप गर्ने

बुटवल । रुपन्देहीको निषेधाज्ञा एक साता थपिने भएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निषेधाज्ञाको स्वरुप परिवर्तन गर्दै एक साता थप गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरसको दोस्रो लहर तिव्र गतीमा फैलिएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बैशाख १६ गते देखि निषेधाज्ञा जारी गरेको थियो ।

जिल्लास्तरिय कोभिड१९ संकट व्यवस्थापन केन्द्र डीसीएमसीको सोमबार बसेको बैठकले निषेधाज्ञालाई केही खुकुलो असार ७ गते राती १२ बजे सम्मका लागि चौथो पटक निषेधाज्ञा थप गर्न सिफारिस गरेको थियो । जस अनुसार प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले निषेधाज्ञालाई निरन्तरता दिदैं आदेश जारी गरेका हुन् ।

पछिल्लो जिल्लामा कोरोना संक्रमण दर घटेसँगै निषेधाज्ञा केही खुकुलो बनाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । आदेशअनुसार होटल रेष्टुरेन्ट, पार्टी प्यालेस, सिनेमा हल, सेमिनार, तालिम गोष्ठी, सैलुन, मनोरञ्जन स्थल, डिपार्टमेन्टल स्टोर, सपिङ मल, ब्युटीपार्लर, स्वीमिङ पुल, संग्रहालय, जिमखाना, शिक्षण संस्था, प्रशिक्षण केन्द्रहरु, भाषा कक्षा, ट्युसन सेन्टर, निजी तथा सार्वजनिक सवारी चल्न पाउने छैनन् ।

मंगलबारदेखि लागु हुने नयाँ स्वरुपको निषेधाज्ञामा माछामासु, तरकारी, फलफूल तथा दुधजन्य सामग्रीका पसल बिहान ५ बजेदेखि बिहान ८ बजेसम्म र अन्य प्रकृतिका व्यवसाय भने बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन गर्न दिने आदेश भएको छ । त्यस्तै विकास निर्माणको कामको निरन्तरता दिन बेलुका ६ बजेदेखि विहान ३ बजे सम्म सवारी साधान चलाउने जनाइएको छ ।

सार्वजानिक सवारी साधनको संचालनमा भने यसपटक परिवर्तन भएको मोडालिटीमा पनि पूर्णरुपमा प्रतिबन्ध नै लगाईएको छ । बैंक बित्तियसंस्थाहरुले सिमित कर्मचारीबाट संचालन गर्न पाउने तथा अत्यावश्यक सेवा संचालन गर्ने कार्यालयहरुले पनि सिमित कर्मचारीबाट संचालन गर्ने गरि प्रशासन कार्यालयले सुचना जारी गरेको छ ।

त्यस्तै ‘नो मास्क, नो मुभमेन्ट’ अभियान सञ्चालन गर्ने र बजार अनुगमनलाई सघन बनाउने निर्णय गरिएको छ ।

आदेश उल्लंघन गर्ने, मुल्यवृद्धि गर्ने, कालोबजारी तथा जमाखोरी गरेको पाए कोभिड(१९ संकट व्यवस्थापन अध्यादेश २०७८ अनुसार कारवाही गर्ने आदेशमा उल्लेख छ । अन्य आदेश भने यथावत् जारी रहेको प्रशासन कार्यालयले जनाएको छ ।

निषेधाज्ञा खुकुलो भएपनि आदेशविपरित सार्वजनिक तथा निजी सवारीका साधन सञ्चालन नगर्न प्रशासनले आग्रह गरेको छ ।आदेश विपरित सञ्चालन गरेमा गरेमा कोभिड१९ व्यबस्थापन सम्बन्धमा जारी अध्यादेश अनुसार कारवाही गरिने बताइएको छ ।

निषेधाज्ञाका अवधिमा आदेश पालना नगर्ने नगराउने ब्यक्तिलाई १ लाख सम्म र संस्थालाई ५ लाख सम्म जरिवाना हुने समेत प्रमुख जिल्ला अधिकारीको आदेशमा उल्लेख गरिएको छ ।

त्यस्तै स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मात्र पसल सञ्चालन गुर्नपर्ने सर्त राखिएको छ ।

प्रकाशित मिति : सोमबार, जेष्ठ ३१ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij