कांग्रेसले साउन १२ देखि तल्लो तहका अधिवेशन गर्ने

कांग्रेसले साउन १२ देखि तल्लो तहका अधिवेशन गर्ने

काठमाडौं – नेपाली कांग्रेसले स्थानीय तहको अधिवेशन आगामी साउन १२ गतेदेखि शुरु गर्ने निर्णय गरेको छ। बिहीबार बसेको केन्द्रीय कार्य समितिको बैठकले १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको हो।

​यसअघि कांग्रेसको अघिल्लो हप्ता सम्पन्न पदाधिकारी बैठकले साउन ६ गतेदेखि वडा तहबाट अधिवेशन थाल्ने प्रस्ताव पारित गरेकामा बिहीबार बसेको बैठकले केही परिमार्जन गरि साउन १२ गतेदेखि सुरु गर्ने निर्णय गरेको हो।

बैठकले गाउँपालिका, जिल्ला तथा प्रदेशस्तरीय अधिवेशनको कार्यतालिकामा पनि केहि परिमार्जन गरेको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए। कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने जनाइएको छ।

यस्तै क्रियाशील सदस्यता छानविन समितिले क्रियाशील सदस्यता छानबिनको काम नसकिएर महाधिवेशन नरोकिने दाबी गरेको छ। समितिका संयोजक रमेश लेखकले १४ औं महाधिवेशनका लागि संकलित क्रियाशील सदस्यतामाथि उजुरी पर्ने क्रम जारी रहेको भन्दै भोलिबाटै उजुरी केलाएर हेर्ने काम सुरु हुने बताए।

‘६ गतेसम्म उजुरी गर्न पाउने समयसीमा तोकेका छौं। अहिले उजुरी पर्ने क्रम जारी छ। हामी भोलिबाटै उजुरी केलाएर हेर्ने र निष्कर्षमा पुग्ने काम थाल्नेछौं,’ लेखकले भने।

उनले हालसम्म करिब ८ लाख सदस्यता प्रस्तावित भएको बताए। त्यसमध्ये आधा नयाँ सदस्य छन्। १६५ निर्वाचन क्षेत्रमध्ये १४९ ठाँउको प्रस्तावित नामावली सार्वजनिक भइसकेको उनको भनाइ छ।

प्रकाशित मिति : बिहिबार, असार ३ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij