देशका अधिकांश स्थानमा रातिसम्मै वर्षाको सम्भावना

देशका अधिकांश स्थानमा रातिसम्मै वर्षाको सम्भावना

काठमाडौं । आज दिउँसो देशभर मौसम बदली रही देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २ र लुम्बिनी प्रदेशका केही स्थानमा भीषण वर्षा साथै प्रदेश १ का एक-दुइ स्थानमा अति भीषण वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भीषण वर्षाका कारण पहाडी भू–भागमा पहिरो जाने र नदीनाला तथा खोलामा पानीको सतह बढ्न भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

राति पनि देशभरको मौसम बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै‚ प्रदेश २ का एक वा दुई स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मनसुनी वायुको प्रभाव र दक्षिणी भू–भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले सोमबार बिहान देशभरको मौसम बदली रहेको छ । यस्तै‚ केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : सोमबार, असार ७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij