काठमाडौं । नेकपा एमालेबाट निकालिएका नेता माधवकुमार नेपालले आफूले कुनै पनि हालतमा गठबन्धनलाई धोका नदिने स्पस्ट पारेका छन् ।
उनले एमालका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको अफर गरेपनि गठबन्धनबाट बाहिर नजाने र धोका नदिने स्पस्ट पारेका छन् ।
विपक्षी गठबन्धनले आज आयोजना गरेको पत्रकारहरुसँगको अन्तक्रियामा बोल्दै नेता नेपालले सर्वोच्च अदालतमा दायर भएको रिटको प्रक्रियाबाट बाहिर नजाने स्पष्ट पारेका हुन् ।
‘माधव नेपाललाई प्रधानमन्त्री अफर आइसक्यो, माधव नेपाललाई प्रधानमन्त्रीको अफर आउँछ भन्ने होइन, आइसक्यो ,शेरबहादुरजीलाई बीचैमा पत्तासाफ गर्नुस्, तपाईं भइहाल्नुस्, माधव नेपाल धोका दिने मानिस होइन ।’ उनले भने, ‘जुन प्रक्रिया अघि बढेको छ यसमा कुनै पनि धोका हुनेछैन । हस्ताक्षर फिर्ता गर्ने, सर्वोच्चमा दायर रिटका बारेमा हामी कुनै पनि अवस्थामा धोका दिन्नौं ।’
प्रकाशित मिति : शनिबार, असार १२ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्