मुख्यमन्त्री ग्रामिण बिकास अन्तर्गत कञ्चनमा बिपन्न परिवाहरुलाई बाख्रा वितरण

मुख्यमन्त्री ग्रामिण बिकास अन्तर्गत कञ्चनमा बिपन्न परिवाहरुलाई बाख्रा वितरण

कञ्चन
रुपन्देहीको कञ्चन गाउपालिकामा मुख्यमन्त्री ग्रामिण बिकास तथा रोजगार कार्यक्रम अन्तर्गत कञ्चनका २९ जना बिपन्न तथा एकल महिलाहरुका लागि शनिवार ५५ वटा उन्नत जातको बाख्रा वितरण गरिएको छ। आ.ब. २०७७/०७८मा विनियोजित रकमबाट बाख्रा वितरण गरिएको मुख्यमन्त्री ग्रामिण बिकास तथा रोजगार कार्यक्रमका लागि कञ्चन गाउपालिकाका सहजकर्ता घनश्याम तिवारीले जानकारी दिए ।
बिपन्न परिवाहरुलाई उन्नत जातको बाख्रा बितरण गर्दै कञ्चन गाउपालिका वडा नं. ५ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारीले बिपन्न परिवारहरुलाई आत्म निर्भर बनाउन र व्यबसायिक बाख्रा पालनमा आकर्षण गर्ने उद्धेश्यले मुख्यमन्त्री ग्रामिण बिकास तथा रोजगार कार्यक्रम अन्तर्गत उन्नत जातको बाख्रा वितरण गरिएको बताए ।
यसैगरी मुख्यमन्त्री ग्रामिण बिकास तथा रोजगार कार्यक्रम सिफारिस समिति,कञ्चनका सदस्य हिमा बेलवासेले बिपन्न तथा एकल महिलाहरुलाई स्वरोजगार बनाई आत्म निर्भर र स्वावलमवन बनाउन लुम्बिनी प्रदेश सरकार मुख्यमन्त्री मन्त्री परिषदको कार्यलयले उन्नत जातको बाख्रा बितरण गरिएको र महिलाहरुलाई कृषिमा व्यबसायिक बनाउन दुहुना गाई समेत उपलब्ध गराउने कार्यक्रम रहेको जानकारी दिइन ।
मुख्यमन्त्री ग्रामिण बिकास तथा रोजगार कार्यक्रम अन्तर्गत उन्नत जातको बाख्रा प्राप्त गरे पछि सिता पौडेलले गाउपालिकाले दिएको उन्नत जातको बाख्रा पालेर आफु आत्म निर्भर भई व्यबसायिक बन्ने बताइन भने बाटुली बि.क.ले पनि बिहान सांझको छाक टार्न समेत समस्या भएको म जस्तो गरिव महिलालाई बाख्रा उपलब्ध गराएर राहत दिएको र अव म यही बाख्रा पालेर आत्म निर्भर बन्ने बताइन।

प्रकाशित मिति : आइतबार, असार १३ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij