बुटवल
शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठको राजीनामा माग गर्दै सोमबार बुटवलमा उनको पुत्ला दहन गरीएको छ । जातीय भेदभाव तथा छुवाछुत जस्तो सरकारबादी मुद्धाका अभियुक्त छुटाउन सरकारी दलबदल सहित गएको भन्दै मन्त्री श्रेष्ठको राजीनामा माग गर्दै पुत्ला दहन गरीएको हो । संयुक्त दलित संघर्ष समिति रुपन्देहीले बुटवलको ट्राफिकचौकमा शिक्षामन्त्रीको पुत्ला दहन गर्दै जातीय भेदभाव विरुद्ध प्रदर्शन गरेको गरयो ।
जात व्यवस्था अन्त्य गर, मान्छे भएर बाँच्ने अधिकार सुनिश्चित गर, सम्पूर्ण दलित एक हौं, जात व्यवस्था बचाउने सरकार मुर्दावाद जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।
सञ्चारकर्मी रुपा सुनारले जातकै कारण कोठाभाडामा नपाएको भन्दै काठमडौं बबरमहलकी सरस्वती प्रधान विरुद्ध कारवाही माग गर्दै उजुरी दर्ता गरेकी थिईन । कोठा नदिएको सरकारबादी मुद्धालाई आरक्षसँग तुलना गरेर बौद्धि तप्कानै उत्रेकोमा समेत प्रदर्शनमा आपत्ति जनाउँदै जातव्यवस्था अन्त्य नगरे देशमा युद्ध हुने चेतावनी दिए ।
संयुक्त दलित संघर्ष समिति रुपन्देहीका अध्यक्ष हरिओम विश्वकर्माले देशमा गणतन्त्र स्थापना हुँदासम्म पनि जातीय भेदभाव अन्त्य नभएकोमा आक्रोश पोखे । उनले ९९ प्रतिशत दलित समुदायले कोठा भाडा नपाउने समस्या भएको भन्दै मनुवादी समाज परिवर्तन गर्ने अभियानमा लाग्न अपिल गरे ।
बुटवलको पुष्पलाल पार्कदेखि नाराबाजी गर्दै ट्राफिकचौकमा पुगेर कोण सभा गरीएको थियो । दलित संघ रुपन्देहीका अध्यक्ष रवि विश्वकर्माले जातका आधारमा विभेद हुनेक्रम नरोकिएकाले एकिकृत आन्दोलन गर्नुपर्ने बताए । दलित अभियान्ता नरबहादुर सुनारले दलित समुदायमाथि भेदभाव हुँदा सिंगो राज्य शक्ति लागी परेको आरोप लगाए । दलित नेता ओम प्रकाश विश्वकर्मा, जीवन परियार लगायतले बोल्दै जातीय भेदभाव विरुद्ध सशक्त रुपमा प्रतिरोधमा उत्रने चेतावनी दिए । जातकै कारण कोठा भाडामा नदिएर अपमान गरेको आरोपमा घरबेटी सरस्वती प्रधानलाई मन्त्री श्रेष्ठले आफ्नै गाडीमा लगेपछि त्यसको चौतर्फी आलोचना हुनुका साथै दलित समुदाय आन्दोलन भएका हुुन । जातका आधारमा हुने भेदभावलाई सरकारले नै संरक्षण गरेको दलित अभियान्ताहरुको आरोप छ।
प्रकाशित मिति : सोमबार, असार १४ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्