काठमाडौं : बाढी र पहिरोबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई नेपाली कांग्रेसले २५ हजार रुपैयाँ दिने भएको छ।
२०७८ साल वैशाखयता बाढी पहिरोबाट ज्यान गुमाएका परिवारलाई २५ हजार उपलब्ध गराउन लागेको हो।
कांग्रेसको बाढीपहिरो विपद् व्यवस्थापन समितिका केन्द्रीय समन्वय समितिका संयोजक मोहन बस्नेतले मंगलबार एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएका हुन्।
मृतकको परिवारले कांग्रेसबाट उपलब्ध गराउने राहत प्राप्त गर्नका लागि सम्बन्धित निकायबाट सनाखत हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित मिति : मंगलबार, असार १५ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्