बुटवल लायन्स आँखा अस्पतालमा अक्सिजन बैंक सञ्चालन

बुटवल लायन्स आँखा अस्पतालमा अक्सिजन बैंक सञ्चालन

 

बुटवल । लायन्स आँखा अस्पताल बुटवलमा अक्सिजन बैंक स्थापना गरिएको छ । कोरोना भाईरस महामारीको दोस्रो संक्रमण बढेसंगै संक्रमितले अक्सिजनको अभावमा ज्यान गुमाउनु परेकाले फेरी त्यस्तो परिस्थिती व्यहोर्नु नपरोस भनेर अस्पतालमा अक्सिजन बैंक सञ्चालन गरिएको हो ।

कोभिड–१९ को दोस्रो भेरियन्ट क्रमशः घट्दैगएपनि सम्भावित तेस्रो भेरियन्टको सम्भावित जोखम बहन गर्न सहज होस भन्ने उद्देश्यले सञ्चालन गरिएको अक्सिजन बैंकको लागि नेपालकै प्रतिष्ठित कम्पनी ‘जावलाखेल ग्रुप अफ ईण्डष्ट्रिज’ले समेत ३ लाख २५ हजार रुपैंया आर्थिक सहयोग गरेको अस्पताल सञ्चालन गरेको लायन्स क्लव अफ बुटवलले जनाएको छ ।

कोरोना महामारीकै बिचमा उक्त क्लवले लायन्स ईन्टरनेशनल क्षेत्र घ र बुटवल उपमहानगरपालिकाले संयुक्त रुपमा सञ्चालन गरेको अक्सिजन बैंकमा अक्सिजन सहयोग गरेको थियो भने अस्पतालमा भर्ना भएर अक्सिजन नपाएका बिरामीको लागि समेत अक्सिजन आपूर्तिको लागि मध्यस्थता गरिएको क्लवका अध्यक्ष संजय कलवार जयसवालले जानकारी गराउनु भयो ।

हालैमात्रै स्थापना गरिएको उक्त अक्सिजन बैंकमा कम्तिमा एक सय सिलिण्डर अक्सिजन पु¥याउने लक्ष्य लिईएको छ । जसको लागि लायन्स, लायनेश र लियो क्लव अफ बुटवलले नेतृत्व गरेका छन् । उक्त कुरा बुधबार आयोजना गरिएको क्लवको नयाँ कार्यसमितिलाई पद हस्तान्तरण समारोहमा जानकारी गराईएको हो ।

त्यस अवसरमा क्लवले दुई जना महिलालाई महिला उद्यमशिलता प्रवद्र्धनको लागि जनही २५ हजार रुपैंया प्रदान गरेको छ । गणेशमान सैंजु समृद्धिको लागि उद्यमशिलता कार्यक्रम अन्तरगत बुटवल उपमहानगरपालिका वडा नं. २ की सविता जिसी र बुटवल १ की विद्यालक्ष्मी शाक्यलाई अक्षयकोषबाट उक्त रकम प्रदान गरिएको हो । क्लवले विगत ५ वर्षदेखि उनीहरुलाई वार्षिक २५ हजार रुपैंया प्रदान गर्दै आएको छ ।

त्यस्तैगरी बृजनयन महिला अक्षयकोष कार्यक्रम अन्तरगत गरिव तथा विपन्न महिलाको मोतियाविन्दु शल्यक्रियाको लागि १० हजार रुपैंया प्रदान गरिएको छ । अक्षयकोषमा रहेको रकमको आउने व्याज गरिव तथा विपन्न महिलाको मोतिया विन्दु शल्यक्रियाको लागि लायन्स आँखा अस्पतालका अध्यक्ष रामेश्वरप्रसाद श्रेष्ठलाई प्रदान गरिएको हो ।

प्रकाशित मिति : बुधबार, असार १६ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij