काठमाडौं – आज नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक बस्दै छ । पार्टी सभापति शेरबहादु देउवाले पार्टीका शीर्ष नेताहरुको बैठक बोलाउका हुन् ।
बैठकमा कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारीहरु र क्रियाशील सदस्यता छानबिन समितिका संयोजक र सदस्यहरु सहभागी हुनेछन् ।
आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा पार्टीको आसन्न महाधिवेशनको तयारी र क्रियाशील सदस्य विवादका बारेमा छलफल हुने नेताहरुले बताएका छन् ।
कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा सम्पन्न गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ ।
तर, कांग्रेस अझै क्रियाशील सदस्यतामै अल्झिरहेको छ । क्रियाशील सदस्यताको विषयमा तीव्र विवाद देखिएको छ ।
क्रियाशील सदस्यताको टुंगो लगाउन रमेश लेखक संयोजक रहेको छानबिन समिति बनाए पनि मापदण्ड बनाउन नसक्दा उजुरीमाथि छानबिन गर्न सकेको छैन ।
प्रकाशित मिति : बिहिबार, असार १७ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्