सभामुखको तर्फबाट आज यी ५ वकिलले बहस गर्ने

सभामुखको तर्फबाट आज यी ५ वकिलले बहस गर्ने

काठमाडौँ । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा आज सभामुखको तर्फबाट बहस हुने भएको छ । शुक्रबार सरकारी पक्षका कानुन व्यवसायीको बहस सकिएपछि सभामुखको तर्फबाट बहस गर्न बाँकी छ ।

सरकारी पक्षलाई छुट्टाइएको १५ घण्टामध्ये सरकारी वकिललाई ७ र प्रधानमन्त्रीका निजी वकिललाई ७ घण्टा छुट्याइएको हो । त्यसबाट १ घण्टा सभामुखका वकिललाई छुट्टाइएको हो । सभामुख अग्निप्रसाद सापकोटाका तर्फबाट ५ अधिवक्ताले बहस गर्ने भएका छन् ।

वरिष्ठ अधिवक्ता, श्यामप्रसाद खरेल, वरिष्ठ अधिवक्ता लभकुमार मैनाली, वरिष्ठ अधिवक्ता उपेन्द्रकेशरी न्यौपाने, अधिवक्ता मेघराज पोखरेल र श्रीकृष्ण सुवेदीले बहस गर्ने तय भएको छ हो ।

त्यसपछि निवेदक पक्षले जवाफ दिनेछन् । जवाफ सकिएपछि अदालतको सहयोगी (एमीकस क्युरी)को बहस हुनेछ । त्यसपछि फैसला हुनेछ । सोही फैसलालाई राखेर प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ गरिन्छ ।

उक्त विवादमा ३० वटा रिट निवेदन परेका थिए । गत जेठ ८ गते मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मङ्सिर ३ गते मध्यावधि निर्वाचन तोक्ने गरी राष्ट्रपतिको जेठ ८ गतेको निर्णय बदर गरेर असंवैधानिक र गैरकानूनी घोषणा गर्ने माग ती निवेदनमा गरिएको छ ।

प्रकाशित मिति : आइतबार, असार २० २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij