प्रतिनिधिसभा विघटन : संवैधानिक इजलास बस्दै

प्रतिनिधिसभा विघटन : संवैधानिक इजलास बस्दै

सर्वोच्च परिसरमा ‘हाई अलर्ट’ सुरक्षा

काठमाडौं – प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा आइतबार (आज) सर्वोच्च अदालतको संवैधानिक इजलासले फैसला सुनाउँदैछ । फैसला सुनाउनुअघि काठमाडौंको मुटुमा अवस्थित सर्वोच्च अदालत परिसरमा सुरक्षा निकायलाई ‘हाई अलर्ट’ मा राखिएको छ । फैसलाले जन्माउन सक्ने परिस्थितिलाई मध्यनजर गर्दै सुरक्षा निकायलाई ‘हाई अलर्ट’ मा राखिएको हो ।

अदालत परिसरमा ७०० भन्दा बढी प्रहरी परिचालन गरिएको छ । सुरक्षा निकायले सर्वोच्चको नतिजाजस्तो पनि आउनसक्ने भएकाले तयारीमा रहन मातहतलाई निर्देशनसमेत दिएका छन् । नेपाल प्रहरीबाहेक सशस्त्र प्रहरी बल पनि उल्लेख्य मात्रामा परिचालित भएको छ ।

गत ८ जेठको मध्यराति प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन् । विघटनविरुद्ध परेको रिटमा लामो बहसपछि सर्वोच्चले फैसला सुनाउन लागेको हो ।

   

प्रकाशित मिति : सोमबार, असार २८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij