सर्वोच्चको ठहर : ७६ (५) मा ह्वीप लाग्दैन, ओलीको दाबी नै संविधानविपरीत

सर्वोच्चको ठहर : ७६ (५) मा ह्वीप लाग्दैन, ओलीको दाबी नै संविधानविपरीत

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई ह्वीप नलाग्ने भएको छ।

सर्वोच्च अदालतले संविधानको धारा ७६ को उपधारा ५ अनुसार संसदीय दलको ह्वीप नलाग्ने फैसला गरेको हो। देउवालाई प्रधानमन्त्री बनाउन माधव समूहका २६ सांसदले हस्ताक्षर गरेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ८ गते दोस्रो पटक गरेको संसद् विघटनलाई बदर गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको छ।

देउवालाई ७६(५) अनुसार दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ।  परमादेश जारी गरेपछि अदालतको फैसलामा पुनरावलोकन हुँदैन।

ओलीले ६७(४) को प्रक्रिया पुरा नगरेको भएकाले ओलीको दाबी नपुगेको अदालतको ठहर छ।

७६ (३) बमोजिम नियुक्त प्रधानमन्त्री ओलीले संविधानको धारा ७६(४) अनुसार विश्वासको मत नलिएकाले ७६(५) अनुसार दाबी गर्न नमिल्ने ठहर गरेको हो।

संविधानको धारा ७६ (५) अनुसार सरकार गठनका लागि राष्ट्रपति विद्यादेवि भण्डारीबाट आह्वान भएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी, माओवादी केन्द्र, एमाले नेपाल पक्षका २६ जना र जसपा उपेन्द्र यादव पक्षका १२ र जनमोर्चाकी दुर्गा पौडेलसहित १४९ जनाको हस्ताक्षरसहित दाबी गरेका थिए।

 

प्रकाशित मिति : सोमबार, असार २८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij