देउवाले बोलाए विपक्षी गठबन्धनकाे बैठक, कांग्रेसका शीर्ष नेताहरुसँग छलफल जारी

देउवाले बोलाए विपक्षी गठबन्धनकाे बैठक, कांग्रेसका शीर्ष नेताहरुसँग छलफल जारी

काठमाडौं : सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले विपक्षी गठबन्धनका नेताहरूको बैठक बोलाएका छन्

 

देउवाले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न गठबन्धनका नेताहरुलाई आफ्नो निवास बूढानीलकण्ठ बोलाएका हुन्। कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले सभापतिले विपक्षी गठबन्धनका शीर्ष नेताहरुसँग छलफल गर्न बैठक बोलाएको जानकारी दिए।

विपक्षी गठबन्धनका नेताहरुसँग छलफल गर्नुअघि देउवाले कांग्रेसका शीर्ष नेताहरुसँग छलफल थालेका छन्। कांग्रेसका शीर्ष नेताहरु देउवा निवास पुगिसकेको महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए।

पार्टीका नेताहरूसँगको आन्तरिक छलफलपछि देउवाले विपक्षी गठबन्धनका नेताहरूसँग छलफल गर्ने उनले बताए। सर्वोच्चले दुई दिनभित्र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने परमादेश दिएको छ।

नयाँ सरकार निर्माणका सन्दर्भमा छलफल गर्न देउवाले आफ्नौ पार्टी र विपक्षी गठबन्धनका नेताहरुसँग छलफल गर्न लागेको बुझिएको छ।

प्रकाशित मिति : सोमबार, असार २८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij