नवनियुक्त प्रधानमन्त्री देउवाद्वारा शपथ ग्रहण

नवनियुक्त प्रधानमन्त्री देउवाद्वारा शपथ ग्रहण

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा नवनियुक्त प्रधानमन्त्री देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

यसअघि राष्ट्रपति कार्यालयले जारी गरेको प्रधानमन्त्री नियुक्तिको व्यहोरालाई सच्याएपछि नवनियुक्त प्रधानमन्त्री देउवा शपथ लिन राजी भएका हुन् ।

शपथ ग्रहण समारोहमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित रहे ।

नवनियुक्त प्रधानमन्त्री देउवालाई राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गर्नका लागि जारी गरिएको पत्रमा संविधानको धारा उल्लेख नगरी प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । नवनियुक्त प्रधानमन्त्री देउवाले उक्त नियुक्ति नसच्चिएसम्म शपथ ग्रहण नगर्ने अडान लिएपछि नियुक्तिको व्यहोरा सच्याई धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरिएको उल्लेख गरिएको थियो ।

प्रकाशित मिति : मंगलबार, असार २९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij