लुम्बिनीका ४ कोरोना अस्पतालमा कार्यरत कर्मचारीलाई ५० प्रतिशत जोखिम भत्ता

लुम्बिनीका ४ कोरोना अस्पतालमा कार्यरत कर्मचारीलाई ५० प्रतिशत जोखिम भत्ता

बुटवल –मंगलबार बसेको लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकले कोरोना अस्पतालमा कार्यरत कर्मचारी भत्ता थपसँगै प्रदेश राजपत्रमा शुल्क तथा दररेट प्रकाशन गर्न स्वीकृति दिनेसम्मका निर्णय गरेको छ।

बैठकले प्रदेशका ४ कोरोना अस्पतालमा कार्यरत कर्मचारीहरूलाई थप ५० प्रतिशत जोखिम भत्ता दिने प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिए।

बैठकले लुम्बिनी प्रदेशको कोरोना अस्पतालमा कार्यरत ४ सय बढी करार र स्थायी कर्मचारीलाई जोखिम भत्ता दिने निर्णय गरेको आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका प्रवक्ता चौधरीले जानकारी दिए।

केन्द्रीय सरकारले अग्रपंक्तिमा रहेर कोरोनाको समयमा काम गरेको भन्दै जोखिम भत्ता दिए पनि त्यसलाई यथावत् राख्दै लुम्बिनी प्रदेश सरकारले पनि जोखिम भत्ता थप गरेको जानकारी दिए।

सरकारले प्रदेश सहकारी बोर्डमा दाङका शम्भु गौतमलाई पदस्थापन गर्ने निर्णय गरेको छ। पाल्पाका धनेन्द्र गौतमले राजीनामा दिएपछि भएको रिक्त स्थानमा उनलाई पदस्थापन गर्ने निर्णय गरेको हो।

त्यस्तै प्रदेश सरकारको निजामती सेवा अन्तर्गत प्रशासन सेवा र वन सेवाका रिक्त पदहरूमा स्थायी पदपूर्ति गर्न प्रदेश लोक सेवा आयोगमा माग गरी पठाउन स्वीकृति दिने निर्णय समेत प्रदेश सरकारले गरेको छ।

बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा आएको रुपन्देही जिल्लाको जिल्ला सभा तथा जिल्ला समन्वय समितिको जिल्लास्तरीय अनुगमन तथा समन्वयसम्बन्धी कार्यविधि २०७८ लाई सहमति दिने निर्णय गरेको छ।

बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकै प्रस्तावमा आएको प्रदेशको नाम सुधार तथा केही प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक प्रदेश सभासमक्ष पेस गर्न स्वीकृति प्रदान गरेको छ।

प्रदेश तथ्यांक नियमावली, २०७८ लाई स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ। साथै मंगलबारको बैठकले घरजग्गा न्यूनतम मूल्य निर्धारण नियमावली, २०७८ लाई पनि स्वीकृत गरेको छ।

प्रदेश राजपत्रमा शुल्क तथा दररेट प्रकाशन गर्न स्वीकृतिसमेत दिइएको छ।

प्रकाशित मिति : मंगलबार, असार २९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij