काठमाडौं : सरकारले लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ। बुधबार यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै पेट्रोलियम पदार्थ बढेकाले भाडादर वृद्धि गरेको जनाएको छ।
विभागका अनुसार यात्रुवाहक सवारीमा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीसाधनको भाडा २६ प्रतिशतले बढेको छ।
यसैबीच सरकारले यही साउन १ गतेदेखि लामो दूरीका सवारीसाधन चलाउने तयारी गरेको छ।
प्रकाशित मिति : बुधबार, असार ३० २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्