कर्णालीको अधिवेशन मध्यरातमा अन्त्य, आजै अध्यादेशबाट बजेट ल्याउने तयारी

कर्णालीको अधिवेशन मध्यरातमा अन्त्य, आजै अध्यादेशबाट बजेट ल्याउने तयारी

सुर्खेत – कर्णाली प्रदेश सभाको आठौं (बजेट) अधिवेशन मध्यरातमा अन्त्य गरिएको छ । कार्यसूचीमा प्रवेश नगरी प्रदेश सभाको चालु अधिवेशन अन्त्य भएको हो ।

बुधबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले असार ३० गते राति १२ बजेदेखि लागु हुने गरी चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई पत्र पठाएको थियो । सोही सिफारिसअनुसार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले बुधबार राति १२ बजेबाट चालु आठौं अधिवेशन अन्त्य गरेका छन् ।

बुधबार पनि आठौं अधिवेशनको अठारौँ बैठक पनि एमालेले अवरुद्ध गरेको थियो । प्रमुख प्रतिपक्षी दल एमालेले बैठक चल्न नदिएपछि कर्णाली प्रदेश सरकारले अध्यादेशबाट बजेट पारित गर्ने भएको छ ।

प्रकाशित मिति : बिहिबार, असार ३१ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij