काठमाडौं -सत्तारुढ नेपाली कांग्रेसले प्रतिनिधिसभाका आइतबारको बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ ।
सर्वोच्च अदालतको २८ असारको फैसलाबाट पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक आइतबार अपरान्ह ४ बजे बोलाइएको छ । आइतबार नै दोस्रो बैठक बस्ने र प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने कार्यसूची छ ।
त्यसअघि संसद भवनको ल्होत्से हलमा बसेको कांग्रेस संसदीय दलको बैठकमा प्रतिनिधिसभामा अनिवार्य उपस्थित हुन पार्टीका सबै सांसदलाई ह्पीप जारी गरेको छ ।
गठबन्धनमा सहभागी सबै दलले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने र बहुमत प्राप्त हुने विश्वास राखिएको कांग्रेस सचेतक पुष्पा भुसालले बताइन् ।
प्रकाशित मिति : आइतबार, साउन ३ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्