प्रतिपक्षलाई लक्षित गर्दै बाबुरामले भने- हाम्रो टाउकोमा ५० लाखको पुरस्कार तोक्ने तपाईंहरू नै होइन ?

प्रतिपक्षलाई लक्षित गर्दै बाबुरामले भने- हाम्रो टाउकोमा ५० लाखको पुरस्कार तोक्ने तपाईंहरू नै होइन ?

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रतिपक्ष दललाई लक्षित गर्दै माओवादी जनयुद्धमा टाउकोको मोल तोक्ने व्यक्ति तपाईंहरू नै होइन भन्ने प्रश्न गरेका छन् ।

दोस्रोपटक पुनःस्थापित प्रतिनिधि सभामा भएको बैठकमा अहिले कसैले कसैलाई थर्काएर‚ बार्गेनिङ गरेर जनयुद्धका मुद्दालाई ब्युँझाउने काम नगर्नसमेत आग्रह गरे ।

‘हामी त मर्न भनेर हिँडेका थियौंँ‚’ भट्टराईले भने‚ ‘तपाईंहरूले नै ५० लाखको पुरस्कार हाम्रो टाउकोमा हाल्नुभएको होइन ?’

जनयुद्ध नभएको भए संघीय लोकतान्त्रिक गणतन्त्र आउने थिएन भन्दै नेपाली समाजमा अझै पनि धनाढ्य र परजीवी शक्तिको अस्तित्व रहेको बताएका छन् ।

अहिलेको समयमा आएर पुराना कुरालाई बल्झाएर‚ थर्काएर केही नहुने भन्दै उनले कोभिड महामारीको विषयलाई सम्बोधन गरेर खोपलाई जनताको पहुँचमा पुर्‍याउनुपर्ने भएकाले खोपका लागि मुख ताकेर बस्न नहुने भट्टराईले बताएका छन् ।

प्रकाशित मिति : आइतबार, साउन ३ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij