मेरो प्राथमिकता खोप, खोप र खोप हो : प्रधानमन्त्री शेरबहादुर देउवा

मेरो प्राथमिकता खोप, खोप र खोप हो : प्रधानमन्त्री शेरबहादुर देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पहिलो, दोस्रो र तेस्रो प्राथमिकता खोप रहेको बताएका छन् । प्रतिनिधिसभामा विश्वासको मत लिने क्रममा सांसदहरुका सवालको जवाफ दिदै प्रधानमन्त्री देउवाले आफ्नो प्राथमिकता जनताको जीवन भएको बताए । उनले सरकारले छ्टिटै सबै नागरिकलाई कोभिड १९ विरुद्धको खोप दिने बताए ।

‘मेरो पहिलो प्राथमिकता खोप हो । दोस्रो प्राथमिकता खोप हो । तेस्रो प्राथमिकता पनि खोप हो । विकासभन्दा जनताको जीवन महत्वपूर्ण छ । पहिले लाइफ, अनि विकास’, देउवाले भने । आफू नेतृत्वको सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध सुमधुर राख्ने भन्दै भारत, चीन वा जुनसुकै देशसंग सम्बन्ध सुदृढ राखेर राष्ट्रिय हित प्रबर्धन गर्ने बताए । ‘हाम्रो राष्ट्रिय हित भनेकै छिमेकी देशहरुसंगको सुदृढ सम्बन्धमा छ । हाम्रो देश गरिब छ, सबैको सहयोग लिनुपर्छ’, देउवाले भने । प्रधानमन्त्री देउवाले राष्ट्रको जीवनमा खास(खास समयमा राष्ट्रिय सरकार आवश्यक पर्ने भन्दै सहमतिको सरकार बनाउन आफू तयार रहेको बताए । ‘मिल्छ भने सरकारमा आउनुस्, सहमतिको सरकार बनाऔं ।

प्रकाशित मिति : सोमबार, साउन ४ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij