प्रधानमन्त्री देउवा र प्रचण्डबीच ओली सरकारले गरेका नियुक्तहरू खारेज गर्ने सहमति

प्रधानमन्त्री देउवा र प्रचण्डबीच ओली सरकारले गरेका नियुक्तहरू खारेज गर्ने सहमति

काठमाडौं -प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका नियुक्तिहरू खारेज गर्ने भएको छ ।

मंगलबार बालुवाटारमा प्रधानमन्त्री देउवा र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको भेटमा निवर्तमान प्रधानमन्त्री ओली नेतृत्वको सरकारले गरेका नियुक्तिहरू खारेज गर्ने सहमति भएको हो ।

गत जेठ ७ गते मध्यरातमा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन् । जसलाई सर्वोच्च अदालतले उल्ट्याइदिँदै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो।

प्रकाशित मिति : मंगलबार, साउन ५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij