महिलाहरुको मात्र लगानीमा रुपन्देहीको तिलोत्तमामा महिला अस्पताल संचालन गरिने

महिलाहरुको मात्र लगानीमा रुपन्देहीको तिलोत्तमामा महिला अस्पताल संचालन गरिने

बुटवल

रुपन्देहीको तिलोत्तमामा महिलाहरुको मात्र लगानीमा महिला तथा बालबालिका मैत्री अस्पताल बन्ने भएको छ । तिलोत्तमा बडा नम्बर ४ भक्तपुर टोलमा निर्माण हुने अस्पतालको लुम्बिनी प्रदेशका उद्योग मन्त्री कल्पना पाण्डेले शनिवार सिलान्यास गर्नु भयो।

आगामि ७ महिना भित्र सञ्चालनमा ल्याउने गरी निर्माण शुरु गरिएको उक्त अस्पतालमा यस क्षेत्रका २० जना महिला सेयर सदस्य रहेका छन ्। महिला अस्पतालमा महिला मात्रै सेयर सदस्य रहेका छन् ।

पहिलो चरणमा १५ बेडको अस्पताल निर्माण गर्ने गरी काम अगाडि बढाईएको सस्थाका प्रबन्ध निर्देशक कमला मल्ल हमालले जानकारी दिनु भयो । अस्पतालमा ३ करोड बढीको लगानी रहने उहाँले बताउनु भयो ।

अस्पताल महिला जनशक्तिबाट सुचारु गर्ने गरी जनशक्ति व्यवस्थापन गरिने सचिव उमा अर्यालले जानकारी दिनु भयो ।

सो अबसरमा बोल्दै मन्त्री पाण्डेले महिलाहरुको लगानीमा स्वास्थ्य सेवा प्रदान गर्ने गरि संचालन गर्ने अस्पतालको बिकासका लागि प्रदेश सरकाका तर्फवाट सक्दो सहयोग गर्ने बताउनु भयो । उहाँले समयमै निर्माण सम्पन्न गरि अस्पतालले महिला र बालबालिकाका लागि उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्नु संचालकहरु सम्वेदशिल हुन जरुरी रहेको औल्याउनु भयो ।

प्रकाशित मिति : आइतबार, साउन १० २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij