कांग्रेस बुटवल १७ को परिचयात्मक एवम अन्तरक्रिया कार्यक्रम सम्पन्न

कांग्रेस बुटवल १७ को परिचयात्मक एवम अन्तरक्रिया कार्यक्रम सम्पन्न

जनताको घर जग्गाको सुनिश्चित गरेर मात्रै औद्योगिक क्षेत्रको स्थापना कायम हुनुपर्छ :नगर सभापती पाण्डे

मोतिपुर-नेपाली कांग्रेस बुटवल उपमहानगरपालिका वडा नं १७ ले परिचयात्मक एवम अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा सहभागिहरुले बुटवल १७ मा नदि कटानको समस्या भएको , प्रकृति र सरकारका तर्फबाट पनि हेपिएको र बिकास निर्माणको कार्य शुन्य भएको अवस्थामा कसैले चासो नदिएकोले यसको पहल अब नेपाली कांग्रेसले गर्नुपर्नेमा जोड दिए। उनीहरुले वडा न १७ को बस्तीको हरेक समस्या समाधानमा कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने तर्फ ध्यान दिन जरुरी रहेको बताएका हुन ।
कार्यक्रमका प्रमुख अतिथि बुटवल उप–महानगरपालिका नगर सभापती खेल राज पाण्डेले सुकुम्बासि आयोग मार्फत पुर्जा बाड्ने काम पहिलो प्राथमिकता भएको बताएका छन्।सुकुम्बासी आयोग को बारे नकरात्मक हल्ला फैलिएकोले अब गठबन्धनको आयोग बन्ने र बिगतको सरकारले साढे तिन बर्ष सम्म केहि नगरेको र बर्तमान सरकारले आयोग गठन गरि तत्काल लालपुर्जा बितरणको प्रक्रिया सुरु गर्ने बताए ।पुर्जा बाड्ने काममा पाउनेलाई भन्दा दिनलाई हतार भएको बताएका हुन। कांग्रेसले भूमिसम्बन्धी आयोगमा देखिएको प्रक्रियागत, कानुनी र प्राविधिक कमीकमजोरी हटाई सबैलाई समेट्ने गरी आयोग गठन गरी भूमिहीनलाई जग्गाको स्वामित्व प्रदान गर्न गम्भीरतापूर्वक गृहकार्य भइरहेको उनले बताए ।
साथै नगर सभापति पाण्डेले जनताको घर जग्गाको सुनिश्चित गरेर मात्रै औद्योगिक क्षेत्रको स्थापना कायम हुनुपर्ने बताए । तिनाउ करिडोर बाट कति घर बिस्तापित हुने हो कुनै जानकारी नगराएकोले नगरपालिका जनप्रतिनिधी र सडक कार्यलयले समयमै जानकारी गराउनुपर्ने र ति मानिसहरुको ब्यबस्था कहाँ गर्ने हो समयमै जानकारी गराउनु पर्ने बताए ।
दास्रो प्राथमिकता खोपको रहेको बताउदै उनले स्थानीय तहमा खोपको अनियमितता गरेको गुनासो बजारमा सुनिएकाले खोपको विषयमा कसै संग पनि पर्याप्त छलफल नगरेको समेत बताए ।


कार्यक्रममा नेपाली कांग्रेस क्षेत्रिय प्रतिनिधी भिम प्रशाद न्यौपानेले नयाँ बस्तिलाई उत्थान र समस्या समाधान गर्ने विषयमा कागं्रेस लागेको बताए । अर्का क्षेत्रिय प्रतिनिधी एवम समाजसेबि ज्ञान बहादुर रेस्मीले नेपाली कांग्रेस जनता को पाटी भएकाले आगामी निर्वाचनमा कांग्रेसलाई चुन्न पर्ने बताए ।
कार्यक्रममा नेपाल बिद्यार्थी संघका पूर्व केन्द्रिय सदस्य टेक पाण्डे, खगि सरा आले ,ट्रेड युनियन जिल्ला उपाध्यक्ष सफा तुल्ला रजाह, नेपाली कांग्रेस प्रदेश सदस्य पोष राज चापागाई ,महिला संघ वडा सभापति श्याम माया गुरुङ, केसब भट्राई,कृष्ण प्रसाद पौडेल लगायतले बोल्दै बस्ती विस्तापित हुने अबस्था आएकाले यसको विकासको लागि अब एक जुट भएर समया समाधानमा लाग्नुको बिकल्प नभएको बताए।
कार्यक्रम वडा सभापति ओम बहादुर घिमिरेको अध्यक्षता सचिव माया भण्डारीको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

 

प्रकाशित मिति : शनिबार, साउन २३ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij