चेम्वर अफ कमर्सको प्रदेश अधिबेशन: आर्थिक सम्मृद्धिका लागि उत्पादन बढाउन प्रदेश प्रमुख शेरचनको आग्रह

चेम्वर अफ कमर्सको प्रदेश अधिबेशन: आर्थिक सम्मृद्धिका लागि उत्पादन बढाउन प्रदेश प्रमुख शेरचनको आग्रह

 

बुटवल

लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले देशको आर्थिक समृद्धिका लागि उत्पादनमुलक उद्योग र व्यापारको विकास गर्दै स्वदेशी उत्पादन बढाउनुपर्ने बताउनुभएको छ । उहाँले नेपालमा रहेको अपार प्राकृतिक सम्पदाको सहिरुपमा उपयोग गर्न नसकिएको उल्लेख गर्दैै कृषि र पर्यटन क्षेत्रलाई समृद्धिको जग बनाउन आग्रह गर्नुभयो ।

लुम्विनी चेम्बर अफ कर्मशको प्रथम साधारणसभा तथा अधिवेशनको शुक्रवार बुटवलमा उद्घाटन गर्दै प्रदेश प्रमुख शेरचनले निर्यातमुखी अर्थतन्त्रमा सुधार गर्दै राष्ट्रिय अर्थतन्त्रको विकासमा लाग्न उद्योगी व्यवसायीहरुलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो(वजारको विविधिकरण गर्दै आयातलाई प्रतिस्थापन गर्ने खालका उद्योगहरु खोल्नु आजको आवश्यक्ता हो ।

शेरचनले अहिलेको निति र कार्यक्रमबाट देशमा समृद्धि आउन सक्ने अवस्था देखिदैन भन्दै २००७ सालबाट राष्ट्रिय सम्पत्तिको संरक्षण उपयोग गर्ने सोंचको विकास नै हुन नसकेको गुनासो गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल चेम्बर अफ कर्मसका केन्द्रीय अध्यक्ष राजेन्द्र मल्लले कोभिडको विषम परिस्थितीमा अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले छुट्टै नीति बनाउनु पर्ने बताउदै लगानी मैत्री वातावरण तयार गर्न आग्रह गर्नुभयो । उहाँले राज्यले आर्थिक समृद्धिका लागि कृषि, पर्यटन र उद्योगलाई संगसगै लैजाने अवस्था सिर्जना गर्दै आयात प्रतिस्थापनको लागि नीजिको भूमिकालाई बढाउन सुझाव दिनुभयो ।

लुम्विनी चेम्बर अफ कमर्सका अध्यक्ष टंकप्रसाद पोखरेलले महामारीले आक्रान्त भएका बेला नीजि क्षेत्रले पुर्याएको योगदान नबिर्सिन सरकारलाई आग्रह गर्नुभयो । उहांले उद्योगी ब्यवसायीलाई कोभीड खोप उपलब्ध गराउने कुरामा राज्यले कञ्जुस्याईं गरिरहेको गुनासो गर्दै नीजि क्षेत्रले गरेको योगदानको कदर गर्न आग्रह गर्नुभयो । रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लाोहनीको स्वागत तथा जेपी कंडेलको सञ्चालनमा भएको कार्यक्रममा आर्थिक मामिला मन्त्रालयका सचिव बाबुराम अधिकारी, उद्योग मन्त्रालयका डा. राजेन्द्र केसी, पत्रकार सुमन अधिकारी लगायतले बोल्नुभएको थियो ।

अधिवशेनले टंक प्रसाद पोखरेलको अध्यक्षतामा चयन भएको प्रदेश समितिको नयाँ नेतृत्वलाई अनुमोदन गरेको छ । अधिवेशन लगत्तै बसेको प्रदेश समिति बैठकले उपाध्यक्ष श्रीधर महरा(दाङ), महासचिव जेपी कंडेल(रुपन्देही), कोपाध्यक्ष युवराज न्यौपाने(गुल्मी) र सचिव चिरञ्जीवी पोखरेल(पाल्पा) लाई पदाधिकारी चयन गरेको छ । त्यस्तै बैठकले मन्जु पराजुली र शिब ज्ञवालीलाई कार्यसमिति सदस्यमा मनोनयन गरेको छ । समितिले आर्थिक सल्लाहकारमा डा.इश्वर गौतम,कानुनी सल्लाहकारमा अधिबक्ता विनोद गौतम र प्रेस सल्लाहकारमा पत्रकार प्रदीप आचार्यलाई मनोनयन गरेको महासचिव जे.पी.कंडेलले बताउनुभयो ।

कमर्सका प्रदेश सस्यहरुमा जिल्ला चेम्बर अफ कमर्स क्षेत्रबाट उदयराज लम्साल(बर्दिया चेम्बर अफ कमर्स), यमकुमारी सुवेदी (नवलपरासी चेम्बर अफ कमर्स), मदन खड्का (प्यूठान चेम्बर अफ कमर्स), उपमहानगर चेम्बर अफ कमर्सबाट पदम पोखेरल (तुल्सीपुर उपमहानगर चेम्बर अफ कमर्स), नगर चेम्बर अफ कमर्स क्षेत्रबाट जयप्रकास गुप्ता (कृष्णनगर चेम्बर अफ कमर्स), सुकदेव बेल्वासे (भूमिकास्थान चेम्बर अफ कमर्स), खिमबहादुर खत्री(प्रस्तावित सिद्धार्थनगर चेम्बर अफ कमर्स) र गाउपालिका चेम्बर अफ कमर्स क्षेत्रबाट उमानाथ घिमिरे(रैनादेवीछहरा गाउपालिका अफ कमर्स) निर्वाचित हुनु भएको छ ।

निर्वाचनबाट १४ सदस्यीय प्रदेश समिति गठनका लागि जिल्ला चेम्बर अफ कमर्स क्षेत्रबाट ६ जना, उपमहानगर चेम्बर अफ कमर्सबाट १ जना, नगर चेम्बर अफ कमर्स क्षेत्रबाट ४ जना, गाउँपालिका चेम्बर अफ कमर्स क्षेत्रबाट २ जना र वडा चेम्बर अफ कमर्स क्षेत्रबाट १ जना चयन हुने र सोहीबाट पदाधिकारी चयन गर्ने प्रावधान रहेको छ ।

वि.स. २००७ सालमा स्थापित नेपाल चेम्बर अफ कमर्स उद्योग वाणिज्य क्षेत्रको पहिलो संगठित संस्था हो । मुलुकभरका संगठन विस्तार गर्ने लक्ष्यसहित चेम्बरको विधानमा संशोधन गरि मिति २०७४ पौष ९ गते नेपाल सरकार मन्त्रिपरिषदबाट स्वीकृति प्राप्त भएको थियो ।

 

प्रकाशित मिति : शुक्रबार, साउन २९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij