बुटवल-रूपन्देहीको तिलोत्तमामा रहेको नमस्ते एकेडेमीले ब्रिटिस कलेजसंग सहकार्य गरेर अघि बढ्ने भएको छ ।अन्तराष्ट्रियस्तरको शिक्षा दिने उद्यैसयले र लक्ष्य प्राप्तीकालागि ब्रिटिस कलेजसंग को सहकार्य र व्यवस्थापनमा अगाडी बढ्न लागीएको शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । एकेडेमीले यो बर्षदेखि कक्षा ११ मा विज्ञान र ब्यवस्थापन संकाय पनि शुरु गर्ने भएको हो।
उच्च शिक्षाकै लागि विदेश पठाउने परिपार्टीको अन्त्य गर्ने लक्ष्यसहित नमस्ने एकेडेमी र ब्रिटिस कलेजको सहकार्यमा योजनाबद्ध रुपमा नयाँ शैक्षिक सत्रका कार्यक्रम ल्याइएको एकेडेमीका अध्यक्ष विष्णु प्रसाद भुसालले बताए । उनले यो बर्षदेखि एकेडेमिले कक्षा ११ मा बिज्ञान र व्यवस्थापन संकाय सुरु गर्ने जानकारी दिए ।
कार्यक्रममा तिलोत्तमाका नगरप्रमुख बासुदेव घिमिरेले नीजि क्षेत्रको लगानीमा स्थापना भएको एकेडेमी समयसापेक्ष शिक्षा प्रदान गरेर अगाडि बढ्न सफल भएको बताए । नगरलाई शिक्षाको नमुना हब बनाउने लक्ष्य प्राप्तीकालागि सामुदयिक विद्यालयमा सरकारको ठूलो लगानी भएपनि त्यो अनुरुप प्रतिफल नहुनुको कारण खोज्ने काम पालिकाबाट भईरहेको बताए ।
एकेडेमीका निवर्तमान अध्यक्ष तथा लगानीकर्ता डिल्लिनारायण पाण्डेले ३ विगाहा क्षेत्रफलमा स्कुलको पुर्वाधार निर्माण भएको बताए। स्थानीइ स्तरमै अन्तराष्ट्रिय स्तरको शिक्षा दिने लक्ष्यसहित स्थापना भएको एकेडेमी आफ्नो लक्ष्यमा अगाडी बढन सफल भएको पाण्डेले बताए ।
द ब्रिटिस कलेजका सिईयो राजेन कंडेलले अन्तराष्ट्रिय स्तरको गुणस्तर प्रदानकालागि ब्रिटिस कलेजको ब्यवस्थापनमा र सहकार्यमा एकेडेमी अगाडी बढ्न लागेको जानकारी दिए । पश्चिम एशियाकै नमुना शिक्षा दिने संस्थाकारुपमा नमस्ते एकेडेकीलाई विकास गरिने उनले बताए। एक्काईसौ शताब्दीको शिक्षा दिने लक्ष्यसहित आफुहरु रणनीति तयार गरेर अन्य धेरै उत्कृष्ट विद्यालयहरुसंग सहकार्य गर्ने लक्ष्य रहेको बताउँदै उनले अन्तराष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धामा उतार्ने गरि शिक्षा दिईने बताए।
नगरप्रमुख घिमिरे,तिलोत्तमा नगर शिक्षा कार्यालयका प्रमुख गंगाराम आचार्य, एकेडेमिक डाईरेक्टर मार्क बार्थोलोमिउ, एकेडेमीका अध्यक्ष बिष्णु भुसाल, द ब्रिटिस कलेजका सिईयो राजन कंडेलले,एकेडेमीका निर्वमान अध्यक्ष तथा लगानीकर्ता डिल्लीनारायण पाण्डेय,प्रर्चाय कमल सापकोटा,सहप्राचार्य लिलामणी पाण्डे, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष रामराज पोखरेल, एकेडेमीका उपाध्यक्ष डिबि थापा, राजेन्द्र कुवर, लगायतले एसईई २०७७ मा उतिर्ण विद्यार्थीहरुलाई खादा तथा मायाको चिनोबाट सम्मान गरेका थिए । एकेडेमीबाट यो वर्ष २५ जना विद्यार्थीहरु एसइइमा उतिर्ण भएका थिए।
प्रकाशित मिति : शनिबार, साउन ३० २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्