काठमाडौँ – नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्बहालीको माग गर्दै हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
सरकारले कार्यकारी निर्देशकबाट आफूलाई हटाएर कुलमान घिसिङ्लाई नियुक्त गरेकोमा नियुक्ति बदर गरी आफूलाई पुनर्बहालीको माग गर्दै रिट दर्ता गरेको सर्वोच्च अदालत प्रशासनले जनाएको छ । रिटमा अन्तरिम आदेशको माग गरिएको छ ।
गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्यको ठाउँमा घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।
प्रकाशित मिति : सोमबार, साउन ३२ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्