एमाले (समाजवादी) को अध्यक्षमा नेपाल, ९५ जनाको केन्द्रीय कमिटी

एमाले (समाजवादी) को अध्यक्षमा नेपाल, ९५ जनाको केन्द्रीय कमिटी

काठमाडौं ।
नेकपा एमाले औपचारिकरुपमा विभाजित भएको छ । सो पार्टीमा रहेका नेता माधवकुमार नेपालले नयाँ दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

नेता नेपालको नेतृत्वमा आयोग पुगेको टोलीले नयाँ दल दर्ताको लागि निवेदन दिएको हो ।

तत्कालीन नेकपा एमालेका ५८ जना केन्द्रीय कमिटी सदस्य र ३१ जना सांसदसहित आयोगमा पुगेर नयाँ दल दर्ताका लागि निवेदन दिइएको हो ।

एमाले समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल रहेका छन् भने वरिष्ठ नेता झलनाथ खनाल रहेका छन् ।

बाँकी सबै केन्द्रीय सदस्य रहेको नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।

उनका अनुसार ९५ जनाको केन्द्रीय कमिटी पार्टीमा रहनेछ ।

“एमालेका ५८ जना केन्द्रीय कमिटी सदस्य उपस्थित भएर नयाँ दल दर्ता गर्ने निर्णय गर्‍यौँ,” पाण्डेले भने, “एमालेभित्र ओलीले गरेको व्यवहार, संसदलाई पटक पटक भंग गर्ने काम गरे । संसद् र संविधानको रक्षाका लागि पटक पटक आवाज उठायौँ । कतैबाट पन सम्भव नभएपछि नयाँ दल एमाले समाजवादी दर्ता गरेका छौँ । चाँडै नै राष्ट्रिय सम्मेलन पनि गर्नेछौँ ।”

प्रकाशित मिति : बुधबार, भाद्र २ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij